५ फाल्गुन २०८२, मंगलबार | February 18, 2026

१७ औं मनमोहन स्मृति वडा स्तरिय नकआउट फुटबल प्रतियोगिता अन्तिम चारको टुगो



बुटवल । बुटवलमा जारी १७ औं मनमोहन स्मृति वडा स्तरिय नकआउट फुटबल प्रतियोगितामा सेमिफाईनल समिकरण पुरा भएको छ । सोमबार भएको अन्तिम क्वाटरफाईनल खेलमा वडा नं ६ ले वडा नं १६ लाई २-१ गोल अन्तरले जित निकाल्दै प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको हो । यसअघि नै वडा नं ७, वडा नं ८ र १७ पनि सेमीफाईनलमा पुगेको छ ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिको आयोजनामा जारी प्रतियोगितामा सिद्घेश्वरी खेलमैदानमा भएको निक्कै प्रतिस्प्रर्धात्मक खेलमा वडा नं ६ को जितमा खेलको ११ औ मिनेटमा विलोज पुन र ३१ मिनेटमा सुमित कार्कीले गोल गरे । वडा नं १५ का सन्देश थापाले खेलको ६२ औ मिनेटमा सान्त्वना गोल गरे । वडा नं ६ का सफल गुरुङ खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

पहिलो सेमीफाईनलमा वडा नं ६ ले १७ र दोस्रो सेमीफाईनलमा वडा नं ७ ले वडा नं ८ संग प्रतिस्प्रर्धा गर्ने राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिका सचिव राजेन्द्र थापाले बताए । प्रतियोगिताको विजेतालाई नगद १ लाख ११ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्र, उपविजेता टिमलाई नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

यसैगरि सर्वोत्कृष्ट खेलाडीलाई नगद ७ हजार ७ सय ७७ रुपैया, कप, मेडल, प्रमाणपत्र, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, अनुसासित टिमलाई नगद ४ हजार ४ सय ४४ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रत्येक दिन म्यान अफ दी म्याचलाई १ हजार रुपैयाबाट पुरस्कृत गरिने छ । खेलमा उपमहानगरका १८ टिमले भाग लिएका छन ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ७ : ५४ बजे

सैनामैनाबाट चोरीको स्कुटर र गरगहना सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट चोरीको स्कुटर र सुनका गहनाहरु सहित

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि सुरु हुने

भक्तपुर । आगामी वैशाख १४ गतेदेखि यस वर्षको कक्षा १२

नेपाल र भारतबीच फौजदारी कानुनी सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र भारतबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी

निर्वाचन तीन प्रवृत्तिबीचको जनमत संग्रह बन्न गएको छ : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन

बुटवलको सेमलारमा भोलीदेखी श्रीमद् भागवत महायज्ञ सञ्चालन हुँदै

बुटवल । राष्ट्रिय परोपकार महासंघ रुपन्देहीको आयोजनामा बुटवल १५ सेमलार