२९ माघ २०८२, बिहिबार | February 12, 2026

बुटवल उपमहानगरपालिका नगर विकास कोषको उत्कृष्ट सेवाग्राहीका रुपमा सम्मानित हुँदै



बुटवल । बुटवल उपमहानगरपालिकाले नगर विकास कोषले प्रदान गर्ने उत्कृष्ट सेवाग्राहीको सम्मान पाउने भएको छ । नगर विकास कोषले ३६ औं वार्षिकोत्सवको अवसरमा बुटवल उपमहानगरपालिकालाई उत्कृष्ट सेवाग्राहीका रुपमा सम्मान गर्न लागेको हो ।

फागुन २ गते नगर विकास कोषले ३६ औं वार्षिकोत्सवको अवसर पारेर बुटवल उपमहानगरपालिकालाई उत्कृष्ट सेवाग्राहीको सम्मान गर्न लागेको नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले जानकारी दिए । बुटवलमा नगर विकास कोषको लगानीमा बहुतले पार्किङ भवन निर्माणको कामका लागि सम्झौता भइसकेर काम अगाडि बढेको छ ।

नगर विकास कोषले उत्कृष्ट सेवाग्राहीको सम्मान प्रदान गर्न लागेकोमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले खुशी व्यक्त गरे ।

उनले आगामी दिनमा अन्य क्षेत्रमा समेत उत्कृष्ट बन्ने प्रयत्नमा नगर रहेको बताउँदै नगरलाई समृद्ध बनाउन प्रयत्नरत रहेको बताए । उनले बुटवललाई उत्कृष्ट पर्यटकीय विश्रामस्थलका साथ साथै देशकै उत्कृष्ट नगरका रुपमा स्थापित गर्ने योजनाका साथ अगाडि बढेको बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ८ : ३२ बजे

बदलिएर आएको काँग्रेस चुनावबाट पहिलो दल बन्छ : उपसभापति विश्वप्रकाश शर्मा

बुटवल । नेपाली काँग्रेसका उपसभापति विश्व प्रकाश शर्माले बदलिएर आएको

कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगर पहिलो, इटहरी सबैभन्दा पछाडी

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरका ११

बुटवलबासीसंग चीरपरिचित छु ,यहाँका समस्या समाधान गर्छु : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली काँग्रेस क्षेत्र नं. २ रुपन्देही अन्तर्गत बुटवल

रुपन्देहीमा शुक्रबारदेखि सातौँ खड्गप्रसाद गौचन स्मृति यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै

बुटवल । उमेर समूहका खेलाडीलाई प्रतिस्पर्धात्मक मञ्च उपलब्ध गराउने उद्देश्यसहित

टी-२० विश्वकपमा नेपालको निराशाजनक प्रदर्शन, इटालीसँग १० विकेटले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत बिहीबार सम्पन्न खेलमा नेपाल