१० माघ २०८२, शनिबार | January 24, 2026

वाणिज्य बैंकहरूद्वारा फागुनका लागि ब्याजदर समायोजन



काठमाडौं। फागुन महिनाको लागि वाणिज्य बैंकहरूले ब्याजदर थप घटाएका छन् ।

लगानीयोग्य रकम बढ्दै गएको अवस्थामा प्रत्येक महिना बैंकहरूले ब्याजदर घटाउन थालेका छन् ।बैंकमा निक्षेप बढ्ने तर कर्जा अपेक्षित रूपमा बढ्न नसकेपछि लगानीयोग्य पुँजी बढ्दै गएपछि बैंकहरुले ब्याजदर समायोजन गरेका हुन् ।

हाल बैंकहरूमा अझै ५ खर्ब हाराहारी अधिक तरलता छ । फागुन महिनाका लागि पनि अधिकांश बैंकले निक्षेपको ब्याजदर घटाएको सूचना सार्वजनिक गरेका हुन । माघ महिनामा बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम नौं प्रतिशत ब्याजदर दिएका थिए । फागुन महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८५ प्रतिशत कायम भएको छ ।

माघको तुलनामा फागुनमा औसत ब्याजदर ०.४ प्रतिशत बिन्दुले घटेको देखिएको छ । व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा बैंकहरूले ०.०६ प्रतिशतदेखि न्यूनतम ०.८१ प्रतिशतसम्म ब्याजदर घटाएको बैंकहरुको विवरणले देखाएको छ ।

फागुनको लागि लक्ष्मी सनराइज, माछापुच्छ्रे, हिमालयन र एभरेष्ट बैंकले माघ कै अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन् । फागुनमा कृषि विकास बैंकले सबैभन्दा कम व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६.४४ प्रतिशत ब्याजदर दिने भएको छ । केही बैंकलाई पुँजी कोषको कारणब्याजदर माघ र फागुनको लागि यथावत राखेका छन ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  १२ : २० बजे

नागरिक अगुवा युग पाठक नेकपामा प्रवेश

काठमाडौं । नागरिक अगुवा, लेखक तथा राजनीतिक विश्लेषक युग पाठक

हरिबोल गजुरेलसहित सात नेता नेकपाबाट निस्काशित

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले हरिबोल गजुरेलसहित ७

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित (तस्वीरहरु)

बैतडी । भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग

प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

काठमाडौं । प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता,

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध