२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

लुम्बिनीमा ‘लरिएट्स एण्ड, लिडर्स शिखर सम्मेलन’ को तयारी तिब्र

कम्तीमा ९ जना नोबेल विजेता सहित सम्पन्न राष्ट्रका राजकुमारदेखि पूर्वप्रथम महिलासम्मको जमघट हुने



बुटवल । शान्तिका अग्रदुत बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट स्थल बन्ने भएको छ । लुम्बिनी प्रदेश सरकारको आयोजनामा चौथो अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि ‘लरिएट्स एण्ड, लिडर्स शिखर सम्मेलन’ हुने निश्चित भएसँगै लुम्बिनी विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट स्थल बन्ने निश्चित भएको हो ।

सम्मेलनका लागि विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरू सहित विश्वका ‘अब्बल’ साहित्यकारहरू शान्तिभूमि लुम्बिनीमा आउने भएका छन् । प्रदेश सरकारले फागुन २७ देखि २९ गतेसम्म चौथो अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि ‘लरिएट्स एण्ड, लिडर्स शिखर सम्मेलन’ आयोजना गर्ने भएको हो । लुम्बिनीमा ३ दिन सञ्चालन हुने सम्मेलनको पूर्व तयारीलाई तिब्र पारिएको छ ।

सम्मेलनमा साहित्यिक लेखन र अनुसन्धान बिधाका विश्वका विभिन्न देशका ९ जना नोबेल पुरस्कार विजेताको सहभागिता हुने निश्चित भइसकेको प्रदेश सरकारले जनाएको छ ।

सम्मेलनमा विभिन्न देशका २०० भन्दा बढी विकास साझेदार लुम्बिनीमा सहभागी हुने निश्चित भइसकेको प्रदेश सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोष पाण्डेयले बताए । उनले सम्मेलनको तयारी तिब्र पारिएको जनाउँदै अहिले पर्यटन ब्यवसायी, उद्योगी ब्यवसायी र लुम्बिनी विकास कोषसँग छलफल र सहकार्यका लागि परामर्श चलिरहेको बताए ।

उनका अनुसार फागुन ११ र १२ गते संघीय सरकारका गृहमन्त्रीको उपस्थितीमा सम्मेलनको सुरक्षा सम्बन्धि बैठक बस्ने भएको छ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अगुवाइमा सम्मेलनको तयारी तीव्र रूपमा अघि बढाइएको उनले बताए ।

सम्मेलनमा सहभागी हुनेमा अमेरिकामा सचिवालय रहेको लिडर्सको स्टेरिङ कमिटीमा सन् २०१४ का नोबेल पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीसहित ९ जना रहेका छन् । भारतका सत्यार्थीले नेपालको सम्मेलनको अन्तर्राष्ट्रिय रूपमा संयोजन गरिरहेका छन् ।

बालबालिकामाथि हुने हिंसा, बालश्रम, बालविवाह र बालबालिका बेचविखनलाई नियन्त्रण एवं न्यूनीकरण सम्मेलनको मुख्य एजेण्डा रहेको बताइएको छ । सम्मेलनबाट लुम्बिनीमा लगानी प्रवद्र्धन हुने अपेक्षा गरिएको गृहमन्त्री पाण्डेले बताए । ‘बालबालिको क्षेत्रमा शान्ति सद्भाव र करुणाको सन्देश र लुम्बिनी विकासका लागि विश्वको ध्यान आकर्षित गर्ने उद्देश्यले प्रदेश सरकारले लरिएट्स एण्ड लिर्ड शिखर सम्मेलन गर्न लागेको हो,’ गृहमन्त्री सन्तोष पाण्डेयले भने ।

सम्मेलनमा सहभागीमध्ये नोबेल शान्ति पुरस्कार विजेताहरू टिमोर लेस्टेका राष्ट्रपति जोजे मामोस ओर्टा (१७९६), जोडी विलयम्स (१९९७), सन् २०११ का संयुक्त विजेता लेह्म बोवी र टुवाको कर्मयान रहेका छन् । त्यस्तैगरी स्न २०१५ का नोबेल शान्ति पुरस्कार विजेता ट्युनिसियाको नेसनल डायलग क्वार्टेटका संस्थापक मध्येका अब्देससतार वेन मौसा र विदेद बुसामावुई, चिकित्सा विज्ञानमा नोबेल विजेता रिचर्ड रोबर्टस (१९९३), रसायन शास्त्रका नोबेल विजेता एरी वार्सनल (२०१३) पनि लुम्बिनी आउने निश्चित भएको छ ।

शिखर सम्मेलनमा अर्थशास्त्री जेफ्री स्याक्स, जोर्डनका राजकुमार अली विन अल हुसेन, स्कट होम इन्टरनेसनल पिस रिसर्च इन्स्च्यिुटका बोर्ड अध्यक्ष स्टेफन लोफभेन, पनामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन चुङ्गोको पनि सहभागीता पक्का भएको छ ।

केहि पूर्व र वर्तमान राष्ट्र प्रमुखहरुको आगमन निश्चित हुने क्रममा रहेको मन्त्री पाण्डेयले बताए ।

हाल सम्म सहभागीता निश्चित भएकाहरु साहित्य, शान्ति, भौतिक, रसायन, क्रियाविज्ञान तथा चिकित्सा र अर्थशास्त्र क्षेत्रमा उल्लेखनीय योगदान पुयाएका व्यक्तिहरू भएको प्रदेश सरकारले जनाएको छ ।

बालबालिकाको क्षेत्रमा शान्ति, सद्भाव र करुणाको सन्देश दिइने सम्मेलनमा नोबेल शान्ति पुरस्कार विजेतासहित बालबालिका शान्ति क्षेत्रका विज्ञ, संयुक्त राष्ट्रसंघका विकास साझेदार, सरकारी तथा गैरसरकारी अधिकारी र सरोकारवालाहरूको पनि सहभागिता हुने बताइएको छ ।

यस अघि भारतमा पूर्व राष्ट्रपति प्रणव मुखर्जीको कार्यकालमा भारतको राष्ट्रपति भवन र त्यस अघि जोर्डनका नरेशको दरबारमा भएको शिखर सम्मेलन लुम्बिनीमा हुँदै गरेको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए । ‘सरकारले लुम्बिनीमा शिखर सम्मेलन गरेर विश्वभरका बालबालिकालाई प्राथमिकता र संरक्षणका लागि गौतम बुद्धका संकल्पको विश्वव्यापीकरण गर्ने र आवश्यक नीति र हस्तक्षेप गर्ने उद्देश्य राखेको छ,’ उनले भने, ‘एकजना नोबेल पुरस्कार बिजयता आउँदा हंगामा हुन्छ, लुम्बिनीमा एउटा, दुईटा होईन, ७ देखि १२ जनाको उपस्थिती हुँदैछ । संसारले चिन्ने पवित्र भूमिलाई प्रचार र पहिचान गर्न सक्नुपर्छ । लुम्बिनीको विश्व समुदायमा ‘ब्रान्डिङ’ गर्न सक्यो भने, हाम्रो मुलुकको आर्थिक विकासमा अरू केही गर्नैपर्दैन ।’

लगानीका लागि विकासका साझेदारहरू लुम्बिनी खोज्दै आउने वातावरण तयार हुने आफूहरूले विश्वास लिएको मुख्यमन्त्री चौधरीले बताए । खबरकुरासँग कुरा गर्दै मुख्यमन्त्री चौधरीले लुम्बिनी आउने पाहुनाहरुलाई बर्दिया नेशनल पार्क र पाल्पाको भ्रमण गराइने जानकारी पनि दिए । ‘लुम्बिनीका लागि प्रदेश सरकारले यति धेरै काम गरिरहेको छ की, सरकारले बिश्वको ध्यान लुमिबनीमा केन्द्रीत गराउन गइरहेको छ,’ उनले भने, ‘बिश्वको पछाडी लुम्बिनी कहाँ दौडीरहेको छ भन्ने आफै ब्यख्या गर्न सक्नुहन्छ ।’

उद्घाटन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्डको समेत सहभागिता रहने प्रदेश सरकारले जनाएको छ । सम्मेलनका लागि सरकारले ६ करोड ५० लाख रूपैयाँ बजेट छुट्याएको छ ।

सम्मेलनलाई सफल बनाउन संघीय सरकारबाट पराराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा १३ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ । त्यस्तैगरी कार्यक्रमका लागि लुम्बिनी विकास कोषसँग पनि सहकार्य गरिएको छ । लुम्बिनीस्थित ५ हजार क्षमताको ठूलो सभाहलमा सम्मेलनको उद्घाटन हुनेछ ।

लुम्बिनीमा विश्वका बौद्ध धर्मालम्बीहरू कम्तीमा एकपटक दर्शन गर्न यो सम्मेलनले सहयोग पुर्याउने र सम्मेलनले लुम्बिनी सहित प्रदेशकै पर्यटनमा ठुलो सकारात्मक उपलब्धि हासिल हुने होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले बताए ।

लुम्बिनीमा राखिएको सम्मेलनबाट नेपालको पर्यटन विकास पनि ठूलो योगदान पुग्ने अपेक्षा लिइएको नाट्टा लुम्बिनी च्याप्टर अध्यक्ष रचना पन्तले बताइन् । उनले प्रदेश सरकारले यसो सम्मेलनबाट प्रदेशको कायापलट हुने बताएपनि सम्मेलनको ब्यवस्थापन र सम्मेलनमा सहभागी हुने अन्तरराष्ट्रिय मिडियाले सम्मेलनलाई दिने महत्व परिणामकालागि महत्वपूर्ण हुने उनले बताइन् । सम्मेलनमा आउने सहभागीलाई दिइने आतिथ्यता र लुम्बिनी सहित उनीहरुलाई भ्रमण गराइने स्थलहरुको महत्व बुझाउन सक्नुपर्ने उनको भनाई छ ।

२० लाख बाह्य पर्यटक पुर्याउने लक्ष्य
लुम्बिनी अहिले आन्तरिक र बाह्य गरी वार्षिक १० लाख पर्यटक भित्रिने गरेका छन् । कम्तीमा पनि वार्षिक २० लाखको हाराहारीमा बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित सम्मेलन आयोजना गरिएको प्रदेश सरकार अन्तर्गत पर्यटन विकास परिषदका कार्यकारी निर्देशक रामु जोशीले बताए ।

कार्यक्रमलाई लक्षित गरी लुम्बिनीमा सरसफाइ कार्यक्रम शुरू भएको छ । अतिथिहरूलाई भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुुम्बिनी लैजाने कार्यक्रम राखिएको छ ।

नोबेल शान्ति पुरस्कार देशहरूबीच भाइचारा प्रवद्र्धन गर्न, सैन्य तनाव हटाउन वा घटाउन शान्ति भेला गर्ने वा त्यसलाई प्रवद्र्धन गर्ने व्यक्तिलाई प्रदान गर्ने गरिन्छ । यो पुरस्कारलाई विश्वमै प्रतिष्ठित मानिन्छ ।

 

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ५ : ४८ बजे

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै