२९ माघ २०८२, बिहिबार | February 12, 2026

पाल्पा जिप दुर्घटना : ५ महिला, ३ पुरुषको मृत्यु, मृतकको अझै सनाखत हुन सकेन



बुटवल । पाल्पामा भएको जिप दुर्घटनाबाट मृत्यु भएका ८ जनाको अझै सनाखत हुन सकेको छैन । सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ जना महिला र ३ जना पुरुष रहेको प्रहरीले जनाएको छ ।

मृतकहरुको अझै सनाखत हुन नसकेको पाल्पा प्रहरी प्रवक्ता सुगन्ध श्रेष्ठले बताए । दुर्घटनामा परि १८ जना घाइते भएको र उनीहरुको पाल्पा प्रवास स्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । अधिकांस घाइतेहरु बोल्न सक्ने अवस्थामा नरहेको र मृतकका आफन्तहरु अस्पताल आइनसकेकाले सनाखत हुन नसकेको प्रहरीको भनाई छ ।

घटनास्थलमा प्रहरी चौकी प्रभासको टोली र स्थानीयले घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको छ । मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ८ : १६ बजे

टी-२० विश्वकपमा नेपालको निराशाजनक प्रदर्शन, इटालीसँग १० विकेटले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत बिहीबार सम्पन्न खेलमा नेपाल

रुकुमपूर्व पुगे प्रचण्ड, लुकुमका स्थानीयले गरे खाम मगर संस्कृतिअनुसार स्वागत

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा रुकुम पूर्वका उम्मेदवार

इटालीविरुद्ध नेपालको कमजोर ब्याटिङ, जम्मा १२३ रनको योगफल

काठमाडौं । आइसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत इटालीविरुद्धको खेलमा

यी संस्था र व्यक्तिसँग दल वा उम्मेदवारले चन्दा माग्न नपाउने

काठमाडौं । राजनीतिक दलहरुले निर्वाचन खर्चका लागि भन्दै आर्थिक सहयोग

डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस

डडेल्धुरा । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा डडेल्धुरामा गढ जोगाउन प्रयासमा