२९ माघ २०८२, बिहिबार | February 12, 2026

सरस्वती पूजा जीवनलाई ऊर्जाशील बनाउने पर्व हो : राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरस्वती पूजा जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्वका रुपमा रहेको बताएका छन । सरस्वती पूजा एवं वसन्त पञ्चमीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा आजका दिनले प्रेरणा प्रदान गर्ने बताए ।

सरस्वतीलाई शिक्षा, ज्ञान र सङ्गीतकी देवीका रुपमा पुजिने बताउँदै राष्ट्रपति पौडेलले आजका दिन आफ्ना बालबालिकालाई विद्यालय भर्ना गरेर अक्षराम्भ गराउँदा विद्याकी देवी सरस्वतीको सदा कृपादृष्टि हुने जनविश्वास रहँदै आएको उल्लेख गरेका छन ।

“सङ्गीतका पारखीका लागि सरस्वतीको साधना गर्ने प्रमुख दिन पनि वसन्त पञ्चमीलाई मानिँदै आइएको छ । नवीन कार्यको प्रारम्भ गर्न चाहनेले र लगनको साइत जुराउनुपर्ने शुभकार्यका लागि यस दिनलाई रोजी विवाह, व्रतबन्ध आदि गर्ने प्रचलन पनि रहिआएको छ”, राष्ट्रपति पौडेलले शुभकामना भनेका छन । उनले वसन्त पञ्चमी पर्वले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गरी मौलिक धार्मिक संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गर्दै सबै नेपालीमा विद्याकी देवी सरस्वतीको कृपा रहिरहोस् भनी शुभकामना पनि व्यक्त गरेका छन ।

आजका दिनलाई सरस्वती जन्मोत्सवको रुपमा पनि मनाइने उल्लेख गर्दै उनले वसन्त ऋतुको प्रारम्भ हुने र सूर्य उत्तरायण हुँदै जाँदा दिन लामो र रात छोटो हुँदै जाडोबाट क्रमशः न्यानो हुँदै जाने हुनाले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाएको बताएका छन ।

राष्ट्रपति पौडेलले विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश एवं विदेशमा रहेका नेपाली दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण बालबालिकामा शुभकामना व्यक्त गरेका छन ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ७ : ४२ बजे

टी-२० विश्वकपमा नेपालको निराशाजनक प्रदर्शन, इटालीसँग १० विकेटले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत बिहीबार सम्पन्न खेलमा नेपाल

रुकुमपूर्व पुगे प्रचण्ड, लुकुमका स्थानीयले गरे खाम मगर संस्कृतिअनुसार स्वागत

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा रुकुम पूर्वका उम्मेदवार

इटालीविरुद्ध नेपालको कमजोर ब्याटिङ, जम्मा १२३ रनको योगफल

काठमाडौं । आइसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत इटालीविरुद्धको खेलमा

यी संस्था र व्यक्तिसँग दल वा उम्मेदवारले चन्दा माग्न नपाउने

काठमाडौं । राजनीतिक दलहरुले निर्वाचन खर्चका लागि भन्दै आर्थिक सहयोग

डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस

डडेल्धुरा । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा डडेल्धुरामा गढ जोगाउन प्रयासमा