५ फाल्गुन २०८२, मंगलबार | February 18, 2026

१७ औं मनम‍ोहन स्मृति फुटबल प्रतियोगिताको उपाधिका लागी वडा नं ६ र ७ भिडने



बुटवल । बुटवलमा जारी १७ औं मनम‍ोहन स्मृति वडा स्तरिय नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि वडा नं ६ र वडा नं ७ भिड्ने भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिको आयोजनामा जारी प्रतियोगिताको बुधबार भएको दोस्रो सेमीफाईनल खेलमा वडा नं ६ पेनाल्टी शुटआउटमा विजयी हुँदै फाईनलको यात्रा तय गरेको हो ।

सिद्धेश्वरी खेलमैदानमा भएको निककै प्रतिस्पर्धात्मक खेलका गतवर्षको विजेता वडा नं १७ लाई पेनाल्टी शुटआउटमा पराजित गर्दै वडा नं ६ फाईनल प्रवेश गरेको हो। निर्धारित समयमा गोलरहित बराबरि भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो ।

खेलमा वडा नं ६ का अर्पन पुन म्यान अफ द म्याचबाट पुरस्कृत भएको कमिटिका अध्यक्ष गणेश बोहराले बताए । फागुन ५ गते शनिबार फाईनल खेल हुनेछ भने यसअघि बुटवलमा प्रतियोगिताको ट्रफि प्रदर्शन गरिने सचिव राजेन्द्र थापाले बताए । प्रतियोगिताको विजेतालाई नगद १ लाख ११ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्र, उपविजेता टिमलाई नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

यसैगरि सर्वोत्कृष्ट खेलाडीलाई नगद ७ हजार ७ सय ७७ रुपैया, कप, मेडल, प्रमाणपत्र, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, अनुसासित टिमलाई नगद ४ हजार ४ सय ४४ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रत्येक दिन म्यान अफ दी म्याचलाई १ हजार रुपैयाबाट पुरस्कृत गरिने छ । खेलमा उपमहानगरका १८ टिमले भाग लिएका थिए ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ६ : ०२ बजे

सैनामैनाबाट चोरीको स्कुटर र गरगहना सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट चोरीको स्कुटर र सुनका गहनाहरु सहित

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि सुरु हुने

भक्तपुर । आगामी वैशाख १४ गतेदेखि यस वर्षको कक्षा १२

नेपाल र भारतबीच फौजदारी कानुनी सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र भारतबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी

निर्वाचन तीन प्रवृत्तिबीचको जनमत संग्रह बन्न गएको छ : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन

बुटवलको सेमलारमा भोलीदेखी श्रीमद् भागवत महायज्ञ सञ्चालन हुँदै

बुटवल । राष्ट्रिय परोपकार महासंघ रुपन्देहीको आयोजनामा बुटवल १५ सेमलार