१२ श्रावण २०८१, शनिबार | July 27, 2024

लुम्बिनी प्रादेशिक अस्पतालमा सुरु भयो क्याथ ल्याव सेवा



बुटवल । विशेषज्ञ सेवालाई बिस्तार गर्दै गएको लुम्बिनी प्रादेशिक अस्पतालमा विहिबारदेखि क्याथल्याव सेवा सुरु भएको छ । अस्पतालमा विहिबार २ जना बिरामीको एनजीओग्राम (मुटुको धमनीमा कति ब्लकेज छ भनेर हेर्ने जाँच) गरेर सेवाको शुभारम्भ गरिएको मेडिकल सुपरिटेन्डेन डा. सुदर्शन थापाले जानकारी दिए ।

यो सेवाको शुभारम्भसँगै अब मुटु रोगको छिटो पहिचान गर्न सजिलो हुने र उपचार थप सहज हुने उल्लेख गरे । सरकारी स्तरबाट सञ्चालित अस्पतालमा विशेषज्ञ सेवालाई थप गर्दै जाँदा सेवाग्राहीले सर्वसुलभ रुपमा सेवा प्राप्त गर्न सक्ने डा. थापाले उल्लेख गरे । स्थापनाको ११४ वर्षमा क्याथ ल्याब सेवा सुरु गरिएको जानकारी गराउँदै मेसु डा. थापाले यस क्षेत्रका सेवाग्राहीका लागि ठूलो सफलता र खुसीको कुरा भएको उल्लेख गरे ।

अस्पतालका वरिष्ठ मुटु रोग बिशेषज्ञ डा. अर्जुन बुढाथोकीको नेतृत्वमा डा. रोशन घिमिरे, डा. सुदर्शन थापा, डा. सुरेन्द्र कुंवर र डा. समिर आचार्यको समूहले गुल्मीका ७५ वर्षीया र ७२ वर्षीया महिलाका एनजीओग्राम गरिएको थियो । अस्पतालमा मुटु रोगका बिरामीको चाप बढ्दै गएपछि बिरामीलाई सहज र गुणस्तरीय उपचार सेवा दिन क्याथ ल्याब सेवा सुरु गरिएको वरिष्ठ मुटु रोग विशेषज्ञ डा अर्जुन बुढाथोकीले बताए ।

लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले क्याथ ल्याव संञ्चालनको लागी २२ करोड बिनियोज गरेसँगै यो सेवा सुरु भएको छ । काडियोलोजी बिभागका जनस्वास्थ्य निरीक्षक राम प्रसाद अर्यालका अनुसार अस्पतालमा सिमेन आरसीटी एस मेसिन रहेको र यसले मुटुसम्बधी सम्पुर्ण उपचार गर्न सकिने बताए । क्याथल्यावमा २ जना चिकित्सकसहित २ जना स्टाफ नर्स, १ एनेस्थेसिया र १ हेल्पर गरि ८ जनाको समूहबाट सेवा प्रदान गरिने छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ५ : ३५ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्