१ पुस २०८२, मंगलबार | December 16, 2025

सिद्धबाबा र गोरखनाथको सम्बन्ध जोड्दै बुटवलका साइक्लिस्टहरु

भोलिबाट इण्डो नेपाल साइकल यात्रा, सिद्धबाबा देखि भारतको गोरखनाथसम्म



बुटवल । सिद्धभूमि सिद्धबाबा र गोरखनाथ बाबाको पौराणिक सम्बन्धबारे प्रचार गर्ने उद्देश्यले दुई दिने इण्डो-नेपाल धार्मिक पर्यटन साइकल यात्रा २०२४ हुने भएको छ । बुटवलका साइकल अगुवाहरुको पहलमा शुक्रबार र शनिबार दुई दिने ईण्डो-नेपाल धार्मिक पर्यटन साइकल यात्रा २०२४ हुने भएको हो ।

नेपालको सिद्धबाबा धाम र गोरखनाथ धामको महत्व र महिमाको प्रचार सहित धार्मिक पर्यटन प्रवद्र्धन गर्न भन्दै नेपालको सिद्धबाबा धामदेखी भारतको गोरखनाथसम्मको सायकल यात्रा हुने भएको हो ।

कार्यक्रम बारे प्रकाश पार्दै बुटवल युनाइटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठले २१ सय वर्षअघि भारतवर्षमा पर्ने उज्जैनका चक्रवती सम्राट भतृहरि राजाको वैराग्यपछि उत्तराखण्डको सिद्धबाबा क्षेत्रमा तपस्या गरि सिद्धि प्राप्त गरेको किम्वदन्तीलाई उजागर गर्ने गरि साईकलयात्रा गर्न थालिएको बताए । गोरखनाथ बाबाको निर्देशनमा भतृहरि राजा नेपालका आएर ध्यान गरि सिद्ध प्राप्त गरेको पवित्र र तपोभुमिको प्रचारप्रसार गरि नेपालमा भारतिय पर्यटक भित्र्याउने लक्ष्य सहित साइकल यात्रा कार्यक्रम राखिएको उनले बताए ।

सो यात्राका लागि बिहिबार प्रचारात्मक टिसर्ट र ज्याकेट लञ्च गरिएको छ । टिसर्ट र ज्याकेट लन्च कार्यक्रममा बोल्दै सिद्धार्थ कलर हाउसका संचालक नित्यानन्द ज्ञवाली, समाजसेवी शोभाकान्त पाण्डे, नेत्र प्रसाद ज्ञवालीले पवित्र उदेश्यसहित गरिएको यात्राको सफलताको शुभकामना दिए ।

गोरखनाथ बाबाको चेला बनेपछि भतृहरि राजा र उनको भान्जा गोपिचन्द सिद्धबाबा क्षेत्रमा आएका थिए । मिर्जापुरको चुनारगढमा भतृहरि समाधिष्ठ भएको पौराणिक कथामा पढ्न पाइन्छ । यात्रामा प्रदेश खेलकुद परिषद लुम्बिनीसहित बर्जर सिद्धार्थ कलर हाउस, होम डेकोर, सखिया फिस रिसोर्टसहित विभिन्न सहयोगदाताबाट सहयोग भएको क्लबका सचिव राजु तिवारीले बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ७ : १० बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष