२४ भदौ २०८३, बुधबार | September 9, 2026

भारतीय नागरिकलाई बन्धक बनाउने आठ जना सार्वजनिक



काठमाडौं । अमेरिका लैजाने भन्दै भारतीय नागरिकलाई काठमाडौँमा ल्याएर बन्धक बनाएको आरोपमा पक्राउ परेका आठ जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

पक्राउ परेका भारतीय नागरिक ५४ वर्षीय अब्दुल रहिम, ३० वर्षीय रवि मिवदे, ४२ वर्षीय चरणजित सिंह, ४७ वर्षीय मनिषकुमार मल्होत्रा, अशोक कुमार, ५१ वर्षीय निपुन गुप्ता, ५८ वर्षीय इन्दुसिंह यादव, ४८ वर्षीय रामचन्द्र शर्मा र नेपाली नागरिक २५ वर्षीय लक्ष्मण गिरीलाई सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीका अनुसार आठैजनालाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो ।

आरोपीतले बन्धक बनाएका ११ जनालाई काठमाडौँ महानगरपालिका–९ रातोपुलबाट उद्धार गरिएको हो । नेपाली नागरिक गिरीले आरोपीतका कागजात फोटोकपि लगायतका काम गरिदिने गरेको खुलेको छ । उनीहरुविरुद्ध अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । अमेरिका पठाउन एक जनाको ४० लाखदेखि ४५ लाख भारतीय रुपैयाँ लाग्ने भन्दै उनीहरुले घरबाट पैसा मगाउन लगाएको अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

प्रहरीले उद्धार गरेका भारतीय नागरिकमा गुरुनिन्दर सिंह, सुवास कुँवर, भुपेन्द्र सिंह, प्रतिक, मानबिर सिंह, जग्दीप सिंह, गुरप्रित सिंह, कुलदीप सिंह, राकेश कुमार, आशिस कुमार र गुरप्रित सिंह रहेका प्रहरी नायब उपरीक्षक खतिवडाले बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  १० : ३० बजे

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ

‘भदौ २४ को विध्वंस लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण थियो’ : एमाले

काठमाडौं । नेकपा (एमाले)ले गत वर्ष भदौ २३ र २४