१७ पुस २०८२, बिहिबार | January 2, 2026

इलाममा घरमै जन्मदर्ता



इलाम । सूर्योदय-५ वडा कार्यालयले बिहीबारदेखि बच्चाको जन्मदर्ता घरघरमै पुर्‍याउन सुरु गरेको छ । चेतना अभावका कारण समयमा बच्चाको जन्मदर्ता नगराएपछि विगत दुई वर्षदेखि जन्मदर्ता नबनाएका बालबालिका खोजेर बनाइदिन थालेको उक्त वडाले यस वर्षदेखि जन्मिएको ३५ दिन भित्रमा घरमै जन्मदर्ता पुर्‍याइदिने दिने अभियान थालेको हो ।

‘नानी जन्मिने बित्तिकै पहिले सुत्केरी भेट्न वडा स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीहरुको टोली जानुहुन्छ,’ वडाध्यक्ष उर्गेन बम्जनले भने, ‘उहाँहरुले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली २०७७ को अनुसूची १० बमोजिम सूचना फारम भरेर वडालाई उपलब्ध गराउनुहुन्छ । उहाँहरुले आमा र बाबुको विवाह दर्ताको फोटो र बच्चाको फोटो खिच्नुहुन्छ ।’ त्यसका आधारमा वडाले जन्मदर्ता तयार गर्ने बम्जनले बताए । उनका अनुसार, जन्मदर्ता जनप्रतिनिधि र कर्मचारीको टोली घरमै पुगेर अभिभावकालाई हस्तान्तरण गरिन्छ ।

वडामा रहेका सात वटा सामुदायिक र दुई वटा संस्थागत विद्यालयमा पुगेर दुई वर्षअघि विद्यार्थीको जन्मदर्ता जाँच गर्दा कतिपयको नभएको पाइएपछि यो विषयलाई वडाले संवेदनशील रुपमा लिइएको बम्जन बताउँछन् ।

‘हामीले पहिले स्कुल-स्कुल घुमेर जन्मदर्ता नभएका नानीहरु चेक गर्‍यौँ,’ उनले भने, ‘वडामा सात वटा सामुदायिक र दुई वटा संस्थागत गरी ९ वटा विद्यालय छन् । त्यहाँ बाबुआमालाई सम्पर्क गराएर कानुनी सल्लाह दियौँ । जन्मदर्ता गरायौँ र पनि समस्या समाधान भएन ।’

शततिशतको जन्मदर्ता गराउने लक्ष्य लिएको वडाले त्यहाँका तीन वटा खोप केन्द्रमा पनि अनुगमन गरेको थियो । खोप केन्द्रमा खोप हान्दै गरेका नानीहरुको जन्मदर्ता भए-नभएको चेकजाँच गर्दा कतिपयलाई जन्मदर्ता गर्ने समयावधि, कागजी र कानुनी प्रक्रिया नै थाहा नभएको पाइएको बम्जनले बताए ।

‘खोप केन्द्रमा पत्ता लागेकाहरुको पनि काम गरियो । त्यो गर्दा पनि समस्या समाधान नभएकाले अब अन्तिम विकल्पका रुपमा यो अभियान सुरु गरेका छौँ,’ उनले भने ।

एकातिर प्रक्रिया र सूचना थाहा नपाउँदा समस्या हुने गरेको छ भने अर्कातिर आवश्यकता भएपछि मात्र चासो दिने समस्या छ । ‘कसैले बालबालिकालाई स्कुल पुर्‍याउने बेलामा मात्र थाहा पाएर गर्छन् त कसैले कुनै कामका लागि ‘डकुमेन्ट्स’ चाहिँदा मात्र गर्छन्,’ वडा सचिव सञ्जय ढुङ्गेलले भने, ‘विशेषगरी चेतनास्तर नै कम भएर हो, जनप्रतिनिधिहरुको फुर्सद नहुँदा हामी आफैँ गएर दिन्छौँ तर राम्रो कामको सुरवात गरिहालौँ भनेर थालिएको हो ।’

यसअघि जन्मदर्ता गर्न छुटेकाहरुको क्रमशः खोज्दै र अब जन्मनेहरुका लागि ३५ दिन भित्रमा घरमै उपलब्ध गराउने गरिएको अभियानलाई वडाबासीले धन्यवाद दिएका छन् । स्थानीय प्रदीप गिरीले भने, ‘जनताप्रति सचेत र जवाफदेही वडाध्यक्ष पाएका छौँ । नगर कार्यपालिकाकै कान्छो उमेरका हाम्रा अध्यक्ष ऊर्जावान्, सिर्जनशील र रचनात्मक चेत भएको व्यक्ति हुनुहुन्छ ।’ देख्दा सामान्य भए पनि यो कार्य उदाहरणीय भएको स्थानीयबासी बताउँछन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ८ : २१ बजे

डा भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौँ । सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

बुटवल सडक खाना महोत्सव समापन

बुटवल । अग्रेजी नया वर्षको अवसरमा आयोजना गरिएको बुटवल सडक

कांग्रेसले बोलायो कन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

‘आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक’

काठमाडौँ । गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको

कोठामा निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको