२ पुस २०८२, बुधबार | December 17, 2025

मलेसियासँग सेमिफाइनलमा पराजित, नेपालको एशिया कप खेल्ने सपना सकियो



काठमाडौं । नेपालले एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग पराजित भएको छ ।

शुक्रबार सम्पन्न सेमिफाइनलमा मलेसियाले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको ११६ रनको लक्ष्य पछाएको मलेसियाले १९।५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । मलेसियालाई जिताउने क्रममा ब्याटर एल्सा हन्टरले अविजित ६९ रन बनाएकी थिइन् ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै ११५ रन बनाएको थियो ।

नेपालका लागि कप्तान इन्दु बर्माले सर्बाधिक २९ रन बनाएकी थिइन् भने कविता कुँवरले २३, रुबिना क्षेत्रीले २०, सिता राना मगरले ६, डोली भट्टले २५ र कविता जोशीले २ रन बनाएकी थिइन् ।

यो जितसँगै आयोजक मलेसियाले प्रतियोगिताको फाइनलमा युएईसँग खेल्ने छ । यससँगै युएई र मलेसिया २०२४ मै हुने महिला एशिया कपमा छनौट भएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  २ : २४ बजे

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा