४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

एसीसी महिला प्रिमियम कप : नेपालले आज माल्दिभ्ससँग खेल्दै



काठमाडौं । एसीसी महिला प्रिमियर कप क्रिकेटमा आज नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल मलेसियाको वाईएसडी ओभलमा नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

यस अघि लगातार दुई खेलमा जित हासिल गरेर प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको नेपाल आजको खेल जित्दै समूह विजेता बन्ने लक्ष्यमा छ । यता माल्दिभ्स भने यस अघिका दुवै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिसकेको छ ।

नेपालले यसअघि हङकङ र भुटानमाथि ८-८ विकेटको जित हासिल गरेको थियो भने माल्दिभ्स भुटानसँग ९४ रन तथा हङकङसँग १७२ रनले पराजित भएको थियो ।

यस्तै, आजै समूह ‘डी’ को भुटान र हङकङले पनि समुह चरणको अन्तिम खेल खेल्दै छन् । यो खेल पछि क्वाटरफाइनलको समीकरण तय हुने छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ८ : ०२ बजे

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो

रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ सवारी साधनको

राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले १६औं अखिल नेपाल कानुन व्यवसायी

कांग्रेसद्वारा संसदीय छानबिन समिति गठनको माग यथावत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति

देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको