६ श्रावण २०८३, बुधबार | July 22, 2026

ईण्डो-नेपाल धार्मिक पर्यटन यात्रा २०२४ शुरु ठाउँठाउँमा भव्य स्वागत



बुटवल । सिद्धभुमि सिद्धबाबा र गोरखनाथ बाबाको सम्बन्धबारे प्रचार गर्दै धार्मिक र साहसिक खेल पर्यटन विकास गर्ने उदेश्यका साथ दुई दिने ईण्डो-नेपाल धार्मिक पर्यटन यात्रा २०२४ शक्रबार शुरु भएको छ ।

बुटवलका साइकल अगुवाहरुको पहलमा शुक्रबार र शनिबार दुई दिने ईण्डो नेपाल धार्मिक पर्यटन यात्रा २०२४ को प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई सहितको एक दर्जन यात्रीलाई सिद्धबाबा धाम मन्दिर ब्यवस्थापन समितिका उपाध्यक्ष अम्मर खड्का, सल्लाहकार लकुश श्रेष्ठलगायतले बिदाई गरे ।

कार्यक्रममा आफै सहभागी प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले निक्कै महत्वपूर्ण र ऐतिहासिक कार्यक्रम भएको बताए । साईकल मानव स्वस्थ्य, पर्यटन र खेलसंग जोडिएको भन्दै नेपालमा यसैबाट राम्रो सम्भावना रहेको औल्याए ।

टोलीलाई नेपालभारत सिमामा सिद्धार्थनगर वडा नं १ का वडाअध्यक्ष उज्वल पोखरेल, नाटा लुम्बिनीका अध्यक्ष रचना पन्त लगायत टिमले रुद्राक्ष माला र शालिग्राम हस्तान्तरण गर्दै यात्रा सफलताको कामना गरे ।

यसैबिच फरेन्दास्थित आनन्द नगरको नगर पार्षद रबि पासवानसहितको टिमले भव्य स्वागत गर्दै निक्कै खुशि व्यक्त गरे। नेपालभारतको सम्बन्धलाई नयाँ सिराबाट जोड्ने अभियानलाई उनले स्वागत गरे ।

कार्यक्रममा बुटवल युनाइटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठले २१ सय वर्षअघि भारतवर्षमा पर्ने उज्जैनका चक्रवती सम्राट भतृहरि राजाको वैराग्यपछि उत्तरापन्थ सिद्धबाबा क्षेत्रमा तपस्या गरि सिद्धि प्राप्त गरेको किवदन्तीलाई उजगार गर्ने गरि साईकलयात्रा गरेको बताए ।

गोरखनाथ बाबाको निर्देशनमा भतृहरि राजा नेपालका आएर ध्यान गरि सिद्ध प्राप्त गरेको पवित्र र तपोभुमिको प्रचारप्रसार गरि पर्यटक भित्र्याउने सम्भावना रहेको उनले बताए । कार्यक्रम संयोजक रविलाल सुवेदीले नेपाल(भारतको पुरानो सम्बन्धलाई उजागर गर्दै धार्मिक पर्यटन बढाउने गरि कार्यक्रम गरेको बताए । कार्यक्रम २० जना साईकलयात्रीहरु सहभागी छन ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ३ : १७ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना