४ भदौ २०८३, बिहिबार | August 20, 2026

प्रहरी समायोजनको काम प्रारम्भ भइसकेको छ : गृह मन्त्रालय



काठमाडौं । गृह मन्त्रालयले संविधानको प्रावधान अनुसार प्रहरी कर्मचारी समायोजन सम्बन्धी कार्य थालनी भइसकेको स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज एक विज्ञप्ति जारी गरेर पाँच सदस्यीय प्रहरी कर्मचारी समायोजन समितिले काम थालनी गरिसकेको जानकारी दिएका हुन् ।

प्रहरी समायोजनसम्बन्धी काम सम्पन्न गर्न प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सहसचिव सहसंयोजक तथा प्रहरी नायब महानिरीक्षक, मन्त्रालयका उपसचिव र प्रहरी कर्मचारी प्रशासन शाखाका उपसचिव सदस्य रहेको पाँच सदस्यीय समिति क्रियाशील रहेको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता भट्टराईले संविधान र प्रहरी समायोजन ऐन, २०७६ बमोजिम प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरी सेवामा समायोजन गरी सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन मन्त्रालय प्रतिबद्ध रहेको पनि बताएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ९ : १६ बजे

उद्योगी व्यवसायीको एजेण्डाबाट विमुख उद्योग वाणिज्य संघको निर्वाचन

नेपालगन्ज । बाँकेको नेपालगन्जका व्यवसायीलाई यतीबेला चुनाव लागेको छ ।

‘पार्वती’को ट्रेलर सार्वजनिक, दिदी-भाइको भावनात्मक कथा देखाउँदै

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म

प्रतिनिधिसभाको दुई तिहाइले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सत्तारूढ दलका

हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने

काठमाडौं । रसुवाको उत्तरी क्षेत्र गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड

बागमतीमा ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल