४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

विश्वकप लिग-२ : आज नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दै



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग- २ (२०२३-२०२७) सिरिज अन्तर्गत आज नेपालले दोस्रो खेलमा नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको नेपाल पहिलो जितको खोजीमा हुनेछ । विश्वकप खेलेर आएको नेदरल्याण्ड्ससमेत उच्च मनोबलका साथ मैदानमा हुनेछ। नेपालले भने घरेलु मैदानको फाइदा लिनसक्छ । यो खेल शनिबार बिहान ९ बजेर १५ मिनेटमा कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु हुँदैछ ।

सन् २०२७ मा हुने क्रिकेट विश्वकपमा छनौटको प्रक्रिया अन्तर्गत काठमाडौंमा सिरिज सुरु भएको हो । क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका अनिल र देवलाई क्यानले लिग- २ खेल्ने टिममा समावेश गरेको छ ।

क्यानले लिग- २ मा अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी र गुलसन झालाई समेटेको छ । लिग- २ को सिरिज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ रहेका छन् ।

आईसीसीले क्रिकेट विश्वकपमा छनौट हुन यस अघि (२०१९-२०२३) मा पनि यही फर्म्याटमा प्रक्रिया सुरु गरेको थियो । लिग- २ मा नेपालसहित ८ देश नेदरल्याण्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका सहभागी छन् ।

आईसीसीका अनुसार लिग-२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुनेछन् भने पछाडि रहेका ४ देशले विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।

खेल तालिका

फागुन ५ गते शनिबार- नेपाल र नेदरल्याण्ड्स

फागुन ७ गते सोमबार- नामिबिया र नेदरल्याण्ड्स

फागुन ९ गते बुधबार’ नेपाल र नामिबिया

फागुन ११ गते शुक्रबार- नामिबिया र नेदरल्याण्ड्स

फागुन १३ गते आइतबार- नेपाल र नेदरल्याण्ड्स

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ७ : ११ बजे

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं । सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा

बनेपाका एक हजार घरमा ‘कौसीखेती’

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्र्धन