२१ माघ २०८२, बुधबार | February 4, 2026

सत्यनारायणबहादुर श्रेष्ठले स्थापना गरेको पत्रकार महासंघ नै हाल विपुल पोख्रेल अध्यक्ष भएको महासंघ : सूर्य थापा

शुद्धिकरणमा पुनर्विचार नगरे प्रेस चौतारीले आन्दोलन गर्ने



दाङ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्य सूर्य थापाले सत्य, तथ्य विचार जनतमाझा लैजान जरुरी भएको बताएका छन् । शनिबार प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको प्रथम साधारण सभालाई सम्वोधन गर्दै उनले सत्यतथ्य विचार जनतामा लैजानु प्रेस जगतको प्रमुख जिम्मेवारीभित्र पर्ने बताए ।

‘दृष्टिकोण बनाउँदा संगठनलाई केन्द्रमा राख्नुपर्छ’, उनले भने,‘ संगठनलाई सहि नीति, एजेन्डाले सबैभन्दा बढी सक्रिय बनाउँछ । यसमा चौतारीले भूमिका बढाउनुपर्छ ।’

वि.सं. २००८ सालमा सत्यनारायणबहादुर श्रेष्ठले स्थापना गरेको पत्रकार महासंघ नै हाल विपुल पोख्रेल अध्यक्ष भएको महासंघ भएको उनले स्पष्ट पारे । ‘इतिहास मेटाउन पाइदैन । म यो इतिहास मेटाउने खेलको विपक्षमा छु’, उनले भने,‘ पत्रकार महासंघको इतिहास तोडमोड गर्न पाइदैन । यसमा म स्पष्ट छु ।’

उनले पत्रकार महासंघमा गठबन्धनका कारण जित्नेले हार्ने र हार्नुपर्नेले जित्ने गलत परिपाटीको सुरुवात भएको पनि बताए ।

चौतारी लुम्बिनी प्रदेशका अध्यक्ष शोभाखर पन्थीको अध्यक्षतामा सम्पन्न सभालाई सम्बोधन गर्दै केन्द्रीय उपाध्यक्ष गणेश पाण्डेले नयाँ पुस्तालाई संगठित गर्नुपर्ने औंल्याए । उनले पत्रकार महासंघमा नेतृत्व स्थापित गर्ने सवालमा चौतारीले भूमिका खेल्ने बताए ।

अर्का उपाध्यक्ष सविन प्रियासनले प्रदेश सरकारले प्रदेश संचार परिषद्लाई भूमिका दिन नसकेकोप्रति गुनासो गर्दै दवाव सृजना गर्न आवश्यक रहेको धारणा राखे ।

चौतारीका महासचिव हिरामान लामाले संगठन निर्माण, विस्तार र सुदृढीकरणका लागि व्यक्तिवादी सिद्धान्त हावी हुन नहुने र सामाजिक सञ्जालको प्रभावकारी प्रयोगमा ध्यान दिनुपर्ने बताए ।

सभालाई नेकपा एमाले लुम्बिनी प्रदेश सचिव लक्ष्मण आचार्य, नेकपा एमाले लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरे, प्रेस चौतारी लुम्बिनी इञ्चार्ज मोहन चापागाई, प्रेस चौतारी लुम्बिनी प्रदेशका सल्लाहकार भरत केसी, लुम्बिनी प्रदेश सञ्चार परिषद संयोजक मिलन गाहा, संसदीय मामिला पत्रकारका अध्यक्ष घनश्याम गौतमलगायतले परिवर्तनलाई संस्थागत गर्न सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले जनसरोकारको सवालमा प्रतिबद्ध भएर भूमिका खेल्नुपर्नेमा जोड दिए ।

सभामा महासचिव निरु गौतमले प्रगति, कोषाध्यक्ष ओपेन्द्र बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभाले नेपाल पत्रकार महासंघले एकतर्फीरुपमा गरेको सदस्यता शुद्धिकरणलाई पुनःविचार गर्न माग गर्दै ७ बुँदे घोषणा पत्र जारी गरेको छ । त्यसैगरी घोषणापत्रमा लुम्बिनी प्रदेश सरकारले संचार समन्वय परिषदलाई क्रियाशील बनाउन माग गर्दै तत्काल रजिष्टार नियुक्तिको व्यवस्था गर्न माग गरेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ९ : ०३ बजे

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता

गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’

गुल्मी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर आज