२९ माघ २०८२, बिहिबार | February 12, 2026

लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो : उपराष्ट्रपति



काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकतन्त्रलाई प्रभावकारी बनाउन सरकार मात्रै होइन, सबै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यमलगायत सबैको प्रतिबद्धता आवश्यक भएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको र त्यसको प्रयोगमा सकारात्मक सोचका साथ अघि बढ्नु पर्ने उल्लेख गरेका छन् ।

उपराष्ट्रपति यादवले मुलुकमा १०४ वर्षसम्म कायम रहेको जहानियाँ निरङ्कुश शासनविरुद्ध बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरूप २००७ सालको आन्दोलन सफल भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप प्रत्येक वर्ष फागुन ७ मा मनाइने राष्ट्रिय प्रजातन्त्र दिवसको स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

उनले मुलुकमा प्रजातन्त्र स्थापनार्थ विभिन्न कालखण्डमा भएका जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी जनजातिलगायत समुदायले गरेका आन्दोलनमा आफ्नो ज्यानको आहूति दिने सम्पूर्ण सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतान्त्रिक मूल्य, मान्यता, आदर्श र सिद्धान्तप्रति प्रतिबद्ध प्रजातन्त्रका सम्पूर्ण सेनानीहरूको सन्देशमा स्मरण गरेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ७ : ४४ बजे

राष्ट्रपति पौडेलले गरे राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका

तोलामा एक सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज तोलामा रु १०० ले सुनको

देउखुरीमा अटोरिक्सा र टिपर ठोक्किँदा एक जनाको मृत्यु, पाँच घाइते

दाङ । देउखुरीको कालाकाटे क्षेत्रमा अटोरिक्सा र टिपर एक आपसमा

क्षेत्रीय सहयोग आवश्यक मात्रै होइन, अनिवार्य छ : नेपाल

काठमाडौं । नेपालले बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहयोग आवश्यक मात्र

सडक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

चितवन । स्थानीय गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक