३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

कसैलाई निषेध गरेर दिगो शान्ति र स्थायित्व हुन सक्दैन : कमल थापा



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले कसैलाई निषेध गरेर स्थायी शान्ति र स्थायित्व हुन नसक्ने दाबी गर्दै राज्यशक्तिको दुरुपयोग गरेर केही समय राजनैतिक बिचार निषेध गरे पनि सधैँ निषेधित र समाप्त नहुने बताएका छन् ।

आज पार्टीद्वारा काठमाडौंमा आयोजित “त्रिभुवन जयन्ती, प्रजातन्त्र दिवस तथा पार्टीको वार्षिकोत्सव”को अवसरमा आयोजित कार्यक्रममा बोल्दै थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र भ्रष्ट ब्यबस्था र तस्करतन्त्रमा रुपान्तरण भएको समेत टिप्पणी गरे ।

देशमा बामपन्थी बिचारको बर्चस्व र हाबी भएको भन्दै विश्वभर असफल भएको ब्यबस्था नेपालमा लाद्न खोजिनु दुर्भाग्यपूर्ण भएको भन्दै थापाले जनताको अभिमत बिना गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता लादिएको भन्दै आलोचना गरे। अरबौ खर्च गरेर योजनाबद्ध रुपमा नेपाली धर्म संस्कृती नष्ट गरेकोमा आपत्ति प्रकट गर्दै थापाले बिकृत मान्यता र दर्शन बोकेर देश बिकास हुन नसक्ने बताए। देश बैचारिक र संरचनागत त्रुटिको दलदलमा भासिएको भन्दै थापाले कुनै पनि सरकारले पुर्ण कार्यकाल काम गर्न नसकेको बताए ।

२०८४ को चुनाव अगावै हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको लागि आन्दोलन गर्नुपर्नेमा जोड दिदै थापाले बिचार मिल्नेहरु सबैले मोर्चा निर्माण गरि अगाडि बढ्नु पर्ने आवश्यकता समेत औँल्याए । बैकल्पिक बिचार र शक्ति निर्माण गर्न राप्रपा नेपाल बलियो हुनुपर्ने तर्क गर्दै थापाले सम्पुर्ण नेता कार्यकर्ताहरुलाई संगठन केन्द्रित हुनु आग्रह गरे ।

कार्यक्रममा नेताहरु बिष्णु भट्टराई, राजाराम बर्तौला, माधव खत्री, हिक्मतजङ्ग भण्डारी सुनिता कुरुङ्वाङ, श्याम घिमिरे लगायतले बोलेका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  २ : ०७ बजे

जनअपेक्षा सम्बोधन गर्दै पार्टी र जनताबीच सम्बन्ध सुदृढ बनाउनुपर्छ : विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीले देखाएको जनमुखी

आज देशभर रास्वपाको वडा अधिवेशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशभर वडा अधिवेशन

हुम्लामा विद्युत् सेवा अवरुद्ध

सिमकोट । हुम्ला सदरमुकाम सिमकोटसहित दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध

गुठी संस्थानसँग छैन जिल्लागत जग्गाको अभिलेख विवरण

काठमाडौं । गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नरहेको महालेखा परीक्षकको

तीन लाख नदिए मलेसिया नपठाउने धम्की, म्यानपावरका एजेन्ट पक्राउ

काठमाडौं । सेक्युरिटी गार्डको कामका लागि मलेसिया जान लागेका सप्तरीका