२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

अधिवेशनबाट निर्वाचित अध्यक्ष अस्वीकार गर्दै पश्चिमाञ्चल यातायात व्यवसायी समितिमा विवाद



बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलमा सर्वसम्मत निर्वाचित नयां नेतृत्वलाई अस्वीकार गर्दै ट्रक व्यवसायीहरु विरोधमा उत्रिएका छन् । समितिको २३ औं साधारणसभा तथा १३ औं अधिवेशनबाट टिकाराम गौतम अध्यक्ष रहेको नयां नेतृत्व सर्वसम्मत रुपमा निर्वाचित भएको घोषणा गरेको १ साता नबित्दै केही व्यवसायीहरुले गौतम नेतृत्व अस्वीकार गर्दै विरोधमा उत्रिएका हुन् ।

उनीहले अध्यक्ष टिकाराम गौतम माथी आर्थिक हिनामिनाको आरोप लागेकाले यसको सत्यतथ्य छानविन गर्नुपर्ने बताएका छन् । कार्यालय परिसरमा जम्मा भएका व्यवसायीहरुले अध्यक्ष गौतम माथि छानविन हुनुपर्ने बताए । व्यवसायी महेन्द्र कार्कीले हालै नवनिर्वाचत अध्यक्ष गौतम पदमा रहदा यस अघि ०७५ असोज २१ गते दुर्घटना भएको सवारीको विमाबाट समेत मुद्धा हारेको र उक्त फाईल नं. ८० बाट ८ लाख ३३ हजार भ्रष्टचार गरेको भन्दै भ्रष्टचारीलाई अध्यक्षमा स्वीकार गर्न नसकिने बताए ।

निर्वाचन मण्डललाई विवादमा नआएका व्यक्तिलाई सर्वसम्मत नेतृत्वमा ल्याउन म्यान्डेट दिएपनि उक्त प्रतिबद्धता जनाए जस्तो नेतृत्व नआएको भन्दै कार्कीले अध्यक्ष गौतम बाहेक अरुको नेतृत्वका बारेमा आफुहरुले सोच्न सकिने बताए ।

साथै उनले निर्वाचन समितिबाट आफुहरुलाई धोका भएको बताउँदै मतदान गर्न पाउने अधिकारलाई बञ्चीत गरेर पद नखुलाई फाराम भराएर आकांक्षीहरुलाई नेतृत्व बाहिर राख्ने काम गरेको बताए ।

त्यस्तै अर्का व्यवसायी डिल्लीराम रिजालले निर्वाचन मण्डलले निष्पक्ष निर्णय गर्नका लागि अधिकार दिएपनि विलबुकेहरुलाई नेतृत्वमा ल्याइएको बताए । उनले नीतिगत भ्रष्टचार गर्नेहरुले संस्थालाइ अगाडि बढाउन नसक्ने ठोकुवा समेत गरे । यस सम्बन्धमा बुझ्नका लागि सम्पर्क गर्दा नवनिर्वाचित अध्यक्ष गौतमसँग सम्पर्क हुन सकेन ।

समितिको हालै मात्र भएको निर्वाचनबाट बरिष्ठ उपाध्यक्षमा कमल घिमिरे, उपाध्यक्ष खुल्लामा कृष्ण ठकुरी, उपाध्यक्ष रुपन्देही बसन्ती आले र नारायाणप्रसाद रेग्मी, नवलपरासी उपाध्यक्षमा खुमबहादुर विसी, नवलपुर उपाध्यक्षमा शोभाकान्त पाण्डेय, काठमाडौं उपाध्यक्षमा देवेन्द्र वानिया, गुल्मी, पाल्पा स्याङजा उपाध्यक्षमा निरज केसी, कपिलवस्तु, अर्घाखांची उपाध्यक्षमा उज्वल केसी, महासचिव खिमबहादुर थापा, सचिव बसन्त खड्का, कोषाध्यक्ष शंकर लम्साल सर्वसम्वत रुपमा निर्वाचित भएका थिए ।

त्यस्तै समितिको सदस्यमा दुर्गाबहादुर कार्की, काशीनाथ पोखरेल, भूमिराम गैरे, ठाकुर खड्का, रनबहादुर कंडेल, हुमनाथ आचार्य, गोकुल शर्मा, खगेश्वर काफ्ले, रमेश भुसाल र राजकुमार लामा निर्वाचित भएका छन ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ९ : ०७ बजे

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले

सट्टेबाजी एप वा प्लेटफर्ममा कारोबार नगर्न ब्यूरोको अनुरोध

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रतिबन्धित अनलाइन सट्टेबाजी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल