२० मंसिर २०८२, शनिबार | December 6, 2025

लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ हुँदै



लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन हुने भएको छ । अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोष सहित विभिन्न संस्थाको सहआयोजनामा फागुन २०, २१ र २२ गते लुम्बिनी स्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ (वाचन) हुने भएको हो ।

अन्तर्राष्ट्रिय स्तरमै बुद्ध जन्मस्थललाई थप प्रचारप्रसार गर्ने र पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले बुद्धजन्मस्थल तेस्रो पटक अन्तर्राष्ट्रिय त्रिपिटक पाठ हुन लागेको आयोजकले जनाएका छन् । बौद्ध दर्शनमा त्रिपिटकको बिशिष्ट महत्व रहेकाले लुम्बिनीमा हुने यस कार्यक्रमले बुद्ध दर्शन र लुम्बिनीको प्रवद्र्धनमा टेवा पु¥याउने लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

गौतम बुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गरेको ज्ञान एवं धर्म देशनाको संग्रहित ग्रन्थ त्रिपिटक हो । अपि धम्म शुत्र पिटक, शुत्त पिटक र सम्राट अशोकको पालामा दोस्रो शताब्दी ईशापूर्वमा लेखिएको विनय पिटक गरी ३ ग्रन्थलाई मिलाइ बनाइएको ग्रन्थलाई नै त्रिपिटक भनिन्छ ।

अन्तर्राष्ट्रिय समुदायलाई बौद्ध तीर्थस्थल, बौद्ध शिक्षा, साहित्य तथा दर्शन, त्रिपिटकको महत्वबारे जानकारी गराउनुका साथै धार्मिक पर्यटनको प्रचारप्रसारका लागि त्रिपिटक बाचन कार्यक्रम राखिएको अखिल नेपाल भिक्षु महासंघका सचिव भिक्षु निग्रोधले जानकारी दिए ।

त्रिपिटक वाचनमा नेपाल, भारत, श्रीलंका, म्यान्मार, थाइल्याण्ड, कोरिया, जापानलगायत एशियाली देशका भिक्षु, धर्मगुरु, अनुयायीको सहभागिता रहने उक्त कार्यक्रममा बुद्ध वचनको सङ्गह त्रिपिटक अन्तर्गतका विनय पिटक, सुत्र पिटक र अभिधर्म पिटकको वाचन हुनेछ । सुत्रपिटक अन्तर्गतको दीर्घनिकायको बह्रमजालसूत्र, अभिधर्म पिटक वाचन र विनयपिटक वाचन गरिने छ ।त्रिपिटक वाचनका क्रममा शान्ति पदयात्राको कार्यक्रम राखिएको छ । सर्वसाधारणसमेत सहभागी हुनसक्ने गरी कार्यक्रम आयोजना गरिएको छ ।

त्रिपिटक बौद्ध धर्मको मूल ग्रन्थ हो । हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले अवलम्बन गर्ने यो ग्रन्थमा बुद्धको उपदेश संग्रति छ । यो ग्रन्थ पाली भाषामा लेखिएको भए पनि धार्मिक प्रभाव अनुसार विभिन्न भाषामा अनुवाद गरिएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  १० : १९ बजे

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमा । नेपाल प्रिमियर लिग ९एनपिएल०को आजको खेलमा पोखरा एभेन्जर्सले