१२ श्रावण २०८१, शनिबार | July 27, 2024

विश्वकप लिग-२ : नामिबियाविरुद्ध नेपाल ब्याटिङमा, टिममा एक परिवर्तन



काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र नामिबियाबीच खेल हुँदैछ । यस खेलमा नामिबियाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ। जस अनुसार नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

आजको खेलमा नेपालले एक परिवर्तन गर्दै गुलशन झाको ठाउमा  करण केसीलाई टिम सामेल गरेको छ । यसअघि नेपालले पहिलो खेलमा नामिबियासँग ४ विकेटको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । त्यस्तै नामिबियाले नेदरल्याण्डससँग हार बेहोरेको थियो ।

नेपाल र नामिबियाबीच अहिलेसम्म ७ एकदिवसीय खेल भएका छन् । जसमा नामिबियाले ४ खेल जितेको छ भने नेपालले २ खेलमा जित हासिल गरेको छ । त्यस्तै एक खेलको नतिजा आएको छैन ।

नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी र ललित राजवंशी ।

लिग- २ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।

आइसीसीका अनुसार लिग-२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।

सिरिजको खेल तालिका :

फागुन ११ गते शुक्रबार : नामिबियाविरुद्ध नेदरल्यान्ड्स ।

फागुन १३ गते आइतबार : नेपालविरुद्ध नेदरल्यान्ड्स ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ९ : १८ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान