१० माघ २०८१, बिहिबार | January 23, 2025

प्रधानमन्त्री प्रचण्ड र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीबीच भेटवार्ता



काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शिष्टाचार भेटवार्ता भएको छ । काठमाडौमा भएको भेटवार्तामा प्रधानमन्त्रीको लुमिबनी प्रदेश सभामा सम्बोधन र लुम्बिनीमा हुन लागेको शिखर सम्मेलनको विषयमा छलफल भएको थियो ।

‘प्रधानमन्त्री ज्युसंग लुम्बिनीमा फागुन २८ र २९ गते हुन लागेको शिखर सम्मेलनको विषयमा छलफल भयो,’ मुख्यमन्त्री चौधरीले भने, ‘सम्मेलनको बिषयमा प्रदेश  सरकारले गरेको अहिलेसम्मको तयारी तथा अवस्थाको बारेमा जाननकारी गराएको छु । सो अबसरमा प्रधानमन्त्री लुम्बिनीको स्थायी राजधानी क्षेत्रमा आउने विषयमा समेत छलफल भएको छ ।’

यसबारे उनले थप भने, ‘सम्मानीय प्रधानमन्त्रीज्युले लुम्बिनी प्रदेशको सदनमा बिशेष सम्बोधनको कुरा भएको छ । प्रधानमन्त्रीज्युले फागुन १९ गते लुम्बिनी सदनलाई विशेष सम्बोधन गर्दै हुनुहुन्छ ।’ भेटका अवसरमा मुख्यमन्त्री चौधरीले प्रधानमन्त्रीलाई सदन र प्रदेश सरकारको तर्फबाट विशेष सम्बोधनको आग्रह गरेका थिए ।

प्रदेश सरकार र सदनको आग्रहमा प्रधानमन्त्री प्रचण्डले १९ गते सदनलाई सम्बोधन गर्ने तय भएको हो । लुम्बिनीमा फागुन १८ गते देखि हिउदे अधिबेशन सुरु हुँदै छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ५ : ३९ बजे

प्रविधिले जोगाएको नेपाली अण्डाको बजार

चितवन । कुखुरा पालन व्यवसायमा लगानी बढेसँगै मासु तथा अण्डातर्फ

काभ्रेको महाभारत जङ्गलमा मङ्गलबार दिउँसोदेखि लागेको आगलागी अझै नियन्त्रणमा आएन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत सामुदायिक वनमा लागेको आगलागी

सगरमाथा आरोहण दस्तुर बढ्यो, बिदेशीले अब थप ४ हजार डलर तिर्नुपर्ने

काठमाडौं । नेपाल सरकारले सगरमाथा आरोहणको अनुमति शुल्क बढाएको छ

अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु

वासिंगन डिसी। अमेरिकाका धेरै दक्षिणी राज्यहरू भीषण हिमपातबाट पीडित हुन

भीम रावलको पक्षमा लागेको भन्दै अछामका ६ जना एमालेवाट निष्काषित

काठमाडौं । भीम रावलको मातृभूमि जागरण अभियानलाई साथ दिएको भन्दै