३० चैत्र २०८०, शुक्रबार | April 13, 2024

रुपन्देही उद्योग संघमा स्टेशनरी तथा प्याकेजिङ वस्तुगत समितिमा खनाल



बुटवल । रुपन्देही उद्योग संघले विगत केही दिन वस्तुगत समित गठन प्रक्रियालाई तीब्रता दिदै आएको छ । बुधबार स्टेशनरी तथा प्याकेजिङ सम्बन्धी उद्योगीहरुको भेलाले स्टेशनरी तथा प्याकेजिङ वस्तुगत समिति गठन गरेको हो ।

उद्योगीहरुको भेलाले जलेश्वर पेपरका संचालक कमलराज खनालको संयोजकत्वमा ५ सदस्यीय वस्तुगत समिति गठन गरेको छ । गठित समितिको सहसंयोजकमा नमस्ते कापीका नारायण कार्की चयन भएका छन् । सचिवमा टी एण्ड टी पेपरका सतिश सापकोटा, सदस्यहरुमा गुराँस मसललन्दका विष्णु वाग्ले र युनिक पेपरका किस्मत पाण्डे रहेका छन् । भेलाले समितिको सल्लाहकारहरुमा संघका प्रथम उपाध्यक्ष जीवकान्त काफ्ले, कार्य समिति सदस्य किरण खरेल, सल्लाहकार ऋषिबहादुर भण्डारी, पूर्व कार्य समिति सदस्य ऋषिराम भण्डारी, उद्योगी सूर्यप्रसाद पराजुली र सूर्य न्यौपानेलाई चयन गरेको छ ।

भेलालाई स्वागत गर्दै संघका द्धितीय उपाध्यक्ष हरिबहादुर खत्रीले वस्तुगत समिति गठनको उद्देश्य, काम, कर्तव्य र अधिकारको बारेमा उपस्थित उद्योगीहरुलाई विस्तृत जानकारी गराएका थिए । उनले फरक फरक प्रकृतिका उद्योगहरुको समस्या बुझ्न र समाधान गर्नका लागि यस्ता समिति प्रभावकारी हुने बताए । वर्षमा कम्तीमा दुई पटक बैठक बसेर संघसमक्ष आफ्ना विषय ल्याउन उनको आग्रह थियो ।

प्रथम उपाध्यक्ष एवं वस्तुगत समिति गठन कार्यक्रमका संयोजक जीवकान्त काप्mलेले वस्तुगत समिति गठनले उद्योग संचालन गर्दा आइपर्ने कठिनाईहरुलाई मिलेर समाधान गर्न र संघका गतिविधिहरुलाई सफल बनाउन र आप्mनो उत्पादनको बजारीकरण गर्न टेवा पुग्ने बताए ।

भेलामा प्रतिवद्धता मन्तव्य राख्दै समितिका संयोजक कमलराज खनालले उद्योगीहरुले विश्वास गरी संयोजकको जिम्मेवारी दिएकोमा रुपन्देही उद्योग संघ तथा स्टेशनरी तथा प्याकेजिङ उद्योगी मित्रहरु प्रति आभार व्यक्त गर्दै आफ्नो क्षेत्रका उद्योगीका तमाम समस्याहरुलाई निराकरण गर्न सम्बन्धित निकायमा पहलका लागि रुपन्देही उद्योग संघ मार्पmत पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
संघका महासचिव हिरामणी भट्टराईको संचालन सहकोषाध्यक्ष विशाल वेल्वासको धन्यवाद ज्ञापनमा सम्पन्न भेलामा सल्लाहकार सूर्यप्रसाद पराजुली, कार्यसमिति सदस्यहरु, राजु घिमिरे, लालप्रसाद बस्याल, चन्द्रकान्त खनाल प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारी लगायतले धारणा राखेका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  १० : ५२ बजे

अवैध उत्खनन कार्यमा संलग्न सवारी साधन प्रहरी नियन्त्रणमा

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाका अबै माटो उत्खनन् गर्ने साधन

सार्बजनिक सम्पति तोडफोड गरे सम्बन्धित दलसँग असुली गरिने, बिल पठाइदैँ

काठमाडौं । सरकारले आन्दोलनको क्रममा भएका सार्बजनिक सम्पतिको क्षति आन्दोलनकारी

उपराष्ट्रपति यादवसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग पाकिस्तानका राजदूत अबरार एच हाशमीले

Pakistani Ambassador calls on Vice President Yadav

Kathmandu: Pakistani Ambassador to Nepal Abrar H Hashmi paid a

एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरुवात

काठमाडौं । नेपालले एसीसी प्रिमियर कपमा विजयी शुरुवात गरेको छ