१९ श्रावण २०८३, मंगलबार | August 5, 2026

एमाले केन्द्रीय समितिको बैठक आज पनि, समुहगत छलफलको निष्कर्ष पेश गरिदैँ



काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक जारी रहेको छ । च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समितिको सातौँ पूर्ण बैठकमा प्रस्तुत अवधारणा र कार्य योजना माथि आज टोली प्रमुखले आ आफ्नो राय दिने छन ।

जारी बैठकमा प्रस्तुत अवधारणा माथि छलफल गरी निचोडमा पुर्‍याउनका लागि एमालेले सात प्रदेशका सात र उपत्यका तथा सम्पर्क विशेष, जनसङ्गठन, प्रवासको एक गरी नौवटा समूह विभाजन गरी सामुहिक छलफल गरिरहेको छ ।

बैठकमा पार्टीको शुद्धीकरण र सुदृढीकरण सम्बन्धमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्त र जन आधारीत कार्यकर्ता पार्टीको सम्बन्धमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पार्टीको सङ्गठनात्मक बिषयमा महासचिव शङ्कर पोखरेल र जनसरोकार जनदबाब सम्बन्धमा उपमहासचिव प्रदीपकुमार ज्ञवालीले हिजो कार्ययोजना प्रस्तुत गरेका थिए, जसमा नौ समुहमा विभाजन गरी छलफल गरिएको हो ।

सोही समुहले आज प्रतिवेदनको निचोड सुनाउने भएको हो ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ७ : ०३ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा