२८ बैशाख २०८१, शुक्रबार | May 10, 2024

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरण गर्न नेपालगन्जमा ट्राफिक सप्ताह सुरु



बाँके । बाँकेको नेपालगन्जमा ट्राफिक सप्ताह शुरू भएको छ । ‘सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि’ अभियान शुरू गरिएको हो ।

नेपालगन्जको धम्बोझी चोक सुरु भएको सप्ताहमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक स्कुटर चालकलाई हेल्मेट लगाइदिएर र सचेतना स्टिकर दिएर ट्राफिक सप्ताह-२०८० को शुभारम्भ गरेका हुन । सडक अनुशासन र सवारी दुर्घटना न्यूनीकरणका निम्ति बिहीबारदेखि ट्राफिक सप्ताह सुरु गरिएको छ ।

त्यसक्रममा लुम्बिनी प्रदेश र बाँकेका प्रहरी र स्थानीय निकायहरूको संयुक्त आयोजनामा प्रभातफेरी गरिएको थियो । प्रभातफेरीमा यातायात र शैक्षिक क्षेत्रका व्यक्ति तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।

त्यसक्रममा गृहमन्त्री श्रेष्ठले १० वर्षे जनयुद्धमा भएजति नै संख्यामा १० वर्षको अवधिमा दुर्घटनाबाट नागरिकको ज्यान गएको बताउर्दै ट्राफिक सचेतनाका निम्ति सबै पक्षले सहयोग र चासो देखाएकामा आभार व्यक्त गरे । सचेतनाले दुर्घटना र ट्राफिक जामलाई न्यूनीकरण गर्ने मात्र नभएर चालक, यात्रु सबैलाई ज्ञान दिने उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डे, प्रदेश शहरी विकास मन्त्री कृष्णा केसी, लुम्बिनी प्रदेश प्रहरी महानिरीक्षक, डिआईजी कुबेरसिँह कडायत लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  १२ : ०४ बजे

नेपालको समृद्धिका निम्ति स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी

काठमाडौं । नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसीटी भोल्कले बिहीबार पाटनको

पञ्जावमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ६० रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर

बुटवल । नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल बुटवल इकाई

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको