१९ जेष्ठ २०८३, मंगलबार | June 2, 2026

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरण गर्न नेपालगन्जमा ट्राफिक सप्ताह सुरु



बाँके । बाँकेको नेपालगन्जमा ट्राफिक सप्ताह शुरू भएको छ । ‘सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि’ अभियान शुरू गरिएको हो ।

नेपालगन्जको धम्बोझी चोक सुरु भएको सप्ताहमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक स्कुटर चालकलाई हेल्मेट लगाइदिएर र सचेतना स्टिकर दिएर ट्राफिक सप्ताह-२०८० को शुभारम्भ गरेका हुन । सडक अनुशासन र सवारी दुर्घटना न्यूनीकरणका निम्ति बिहीबारदेखि ट्राफिक सप्ताह सुरु गरिएको छ ।

त्यसक्रममा लुम्बिनी प्रदेश र बाँकेका प्रहरी र स्थानीय निकायहरूको संयुक्त आयोजनामा प्रभातफेरी गरिएको थियो । प्रभातफेरीमा यातायात र शैक्षिक क्षेत्रका व्यक्ति तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।

त्यसक्रममा गृहमन्त्री श्रेष्ठले १० वर्षे जनयुद्धमा भएजति नै संख्यामा १० वर्षको अवधिमा दुर्घटनाबाट नागरिकको ज्यान गएको बताउर्दै ट्राफिक सचेतनाका निम्ति सबै पक्षले सहयोग र चासो देखाएकामा आभार व्यक्त गरे । सचेतनाले दुर्घटना र ट्राफिक जामलाई न्यूनीकरण गर्ने मात्र नभएर चालक, यात्रु सबैलाई ज्ञान दिने उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डे, प्रदेश शहरी विकास मन्त्री कृष्णा केसी, लुम्बिनी प्रदेश प्रहरी महानिरीक्षक, डिआईजी कुबेरसिँह कडायत लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  १२ : ०४ बजे

चितवनमा क्रिप्टोकरेन्सी कारोबार र डिजिटल ठगीको आरोपमा चिकित्सक पक्राउ

चितवन । गैरकानुनी तवरले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को सञ्चय तथा कारोबार

तोलामा चार सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य तोलामा रु

कांग्रेसले छायाँ सरकार गठन गरेको होइनः नेता आङ्देम्बे

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले

दरबार हत्याकाण्डको २५ वर्ष : रहस्य अझै अनुत्तरित, नारायणहिटी संग्रहालयमा बढ्दो चासो

काठमाडौं । नेपाली इतिहासकै सबैभन्दा दुःखद र रहस्यमय घटनामध्ये एक

रास्वपा सभापति लामिछाने र भाजपा अध्यक्ष नबिनबीच भेटवार्ता हुँदै

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत भ्रमणमा रहेका