४ भदौ २०८३, बिहिबार | August 21, 2026

युवाहरू विदेश पलायन भएर मुलुक बन्दैन : नेता डा भण्डारी



काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीले गलत नीतिका कारण सीमित व्यक्तिका हातमा मुलुकको अर्थतन्त्र पुगेकाले देशको विकास हुन नसकेको बताएका छन ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले किसान, युवा, बुद्धिजीवी र विश्वविद्यालयलगायत सबै क्षेत्रका समस्या र समाधानका लागि छलफल गर्न ढिलो भइसकेको भन्दै युवाहरू विदेश पलायन भएर मुलुक नबन्ने विचार राखे ।

सांसद डा भण्डारीले मेलम्ची आयोजनालगायत सडक र भवन कुनै पनि आयोजना गुणस्तरीयरूपमा हुन नसकेको, निजी व्यक्तिका नाममा भएका सरकारी जग्गा फिर्ता ल्याउन नसकिएको, हेटौँडा सिमेन्ट उद्योगको प्रभावकारी सञ्चालन हुन नसकेको र किसानले मल, बीउ र बजारका लागि सधैँ माग गर्नुपरेको तथा बाँदरले दुःख दिइरहेको सवालमा दिगो समाधान खोज्न आग्रह गरे ।

उनले मुलुकमा बिचौलियाको बिगबिगी रहेकाले किसान थप पीडामा रहेको बताउँदै उमेर पुगेका काठ पनि कटान गर्न नसक्ने नीति हुँदा मलेसियाबाट काठ आयात गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे । स्वदेशी उत्पादन नहुँदा सरकारी कर्मचारीकै लागि अर्बौको पोशाक आयात गर्नुपर्ने स्थिति, स्वदेशको कोदोको रक्सीले बजार नपाएर विदेशी मदिरा टोलटोलमा बिक्री गरिएको, युवा पलायन रोक्न, लगानीमैत्री तथा काम गर्ने वातावरण बनाउने गरी विशेष कार्यक्रम ल्याउन नसकिएको विषयमा चिन्तन गर्न ढिला भएको भनाइ राखे ।

सांसद भण्डारीले मुलुकको धार्मिक तथा पुरातात्विक संरचनाको बजारीकरण गर्नुपर्ने र पर्यटनलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै यस्ता विषमया सबै दल एकढिक्का भएर लाग्न आग्रह गरे ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  १ : १० बजे

बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतबाट फैसला भई सजाय

उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलद्वारा २१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठ)

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि संयुक्त प्यानलले

जनता टेलिभिजनका अध्यक्ष पौडेल रिहा

काठमाडौं । जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल रिहा भएका छन्

दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

नेपालगन्ज । बहुमूल्य जडीबुटी सङ्कलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका