२ जेष्ठ २०८३, शनिबार | May 17, 2026

काठमाडौँमा वर्षा, विमान अवतरण हुन सकेनन्



काठमाडौं । काठमाडौंलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद शान्ति कँडेलले बागमती, गण्डकी र कर्णाली प्रदेश आसपासमा हल्का वर्षा भइरहेको जानकारी दिएकी छिन् ।

काठमाडौंमा पछिल्लो एक घण्टादेखि विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौंको उत्तरी भेग आसपासमा पानी परिरहेको छ । महाशाखाका अनुसार पछिल्लो छ घण्टामा पाल्पाको अर्चलेमा चार दशमलव आठ मिलिमिटर वर्षा भएको छ ।

मौसमविद कँडेलले भनिन, “अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । केही स्थानमा मात्रै हल्का वर्षा भइरहेको छ । आज राति पनि वर्षाको सम्भावना छ ।”

भोलि शुक्रबारदेखि देशको पश्चिमभेगबाट मौसम क्रमिक रुपमा सुधार हुदै जाने उनले उल्लेख गरिन । “भारी वर्षा र हिमपात हुने सम्भावना छैन, तर, वर्षाले तापक्रम घटेर चिसो बढ्ने भएकाले सतर्कता अपनाउनुपर्ने हुन्छ”, मौसमविद् कँडेलले भनिन् ।

एक उडान लखनऊ ‘डाइभर्ट’

काठमाडौंको प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका छन् । आज अपराह्न्न भारतको मुम्बईबाट काठमाडौं आएको इण्डिगो एयरलाइन्सको जहाज अवतरण गर्न नसकेपछि भारतको लखनऊ ‘डाइभर्ट’ भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । उनका अनुसार आन्तरिकतर्फ भने हवाई उडान सामान्य अवरोध रहेको छ । प्रवक्ता झाले भने, “आन्तरिकतर्फ उडान केही ढिलो भए पनि सामान्य छ तर अहिले ‘इन्स्ट्रयुमेन्टल फ्लाइट रुल्स (आइएफआर)बाट मात्रै उडान भइरहेको छ ।”

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ५ : ०४ बजे

खजुराबाट जुवातास खेलिरहेका १३ जना पक्राउ

खजुरा । बाँकेको खजुराबाट जुवातास खेलिरहेका १३ जनालाई प्रहरीले रङ्गेहात

भैरहवामा ‘सिद्धार्थ फुड एन्ड फन’ हुँदै

भैरहवा । भैरहवामा आगामी जेठ ९ र १० गते ‘सिद्धार्थ

‘एसइई’मा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार

नवलपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चार ‘जिपिए’ ल्याएर उत्तीर्ण

भोलीदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै

काठमाडौं । प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६

कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्वकार्यवाहक सभापति खड्का

कर्णाली । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस