१७ पुस २०८२, बिहिबार | January 1, 2026

बैतडीमा मलामी बोकेको जिप दुर्घटना; एक जनाको मृत्यु, ६ घाइते



धनगढी । बैतडीमा मलामी बोकेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन् ।

बिहीबार दिउँसो डिलासैनी गाउँपालिका-१ को घरटामा गन्नादेखि धाउलातर्फ गइरहेको जाँदै गरेको सुपप्र ०१००१ च ३१४६ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा डिलासैनी गाउँपालिका-१ को धौला बस्ने ५० वर्षीय गोपालबहादुर बोहरा रहेका छन्। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयकाअनुसार बोहराको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका ६ जनाको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचार भइरहेको छ।

जिपमा चालकसहित १७ जना सवार रहेका छन्। जिप चालक डिलासैनी गाउँपालिका-६ बस्ने २२ वर्षीय धनबहादुर कठायत फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ५ : ३७ बजे

गोली लागेर एकको मृत्यु, भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत । जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको

सञ्चारमन्त्री खरेलद्वारा ज्यापू सङ्ग्रहालयको अवलोकन

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरस्थित ज्यापु

राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ । आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको