६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

बैतडीमा मलामी बोकेको जिप दुर्घटना; एक जनाको मृत्यु, ६ घाइते



धनगढी । बैतडीमा मलामी बोकेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन् ।

बिहीबार दिउँसो डिलासैनी गाउँपालिका-१ को घरटामा गन्नादेखि धाउलातर्फ गइरहेको जाँदै गरेको सुपप्र ०१००१ च ३१४६ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा डिलासैनी गाउँपालिका-१ को धौला बस्ने ५० वर्षीय गोपालबहादुर बोहरा रहेका छन्। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयकाअनुसार बोहराको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका ६ जनाको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचार भइरहेको छ।

जिपमा चालकसहित १७ जना सवार रहेका छन्। जिप चालक डिलासैनी गाउँपालिका-६ बस्ने २२ वर्षीय धनबहादुर कठायत फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ५ : ३७ बजे

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का

देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा : सभापति लामिछाने

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको मुहार

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुमपूर्वको