५ भदौ २०८३, शुक्रबार | August 21, 2026

चरङ्गेमा खोलामा डुबेर नविन ओैधोगिक स्कुलमा अध्यनरत बिद्यार्थी सिलव रायमाझीको मृत्यु



बुटवल । चरंगेमा रहेको त्रिसुली खोलामा डुबेर एक किशोरको ज्यान गएको छ । रुपन्देहीको देवदह नगरपालिका वडा नं १० चरङ्गे स्थित त्रिसुली खोलामा डुवेर पाल्पाका सिलव रायमाझीको मृत्यु भएको हो ।

साथीहरू संग घुम्न गएका पाल्पाका रायमाझीको खोलामा डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले बताए । उनका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकीनगरमा बसेर बुटवलको नविन औद्योगिक कदरबहादुर रिता रायमाझी विद्यालयमा अध्ययन गर्दै आएका सिलव सहित ६ जना साथीहरू मिलेर चरंगे गएका थिए । खोलाको रहमा पौडी खेल्ने क्रममा डुबेर रायमाझीको मृत्यु भएको डीएसपी पण्डितले बताए ।

संगै गएका बिप्लव पुरीले भने पौडि खेलेर फर्किने क्रममा सरिरमा हिलो लागेको देखेपछि सिलव हिलो पखाल्न भन्दै पुनः खोलामा गएको र त्यहीक्रममा डुबेको बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ६ : ४१ बजे

बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतबाट फैसला भई सजाय

उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलद्वारा २१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठ)

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि संयुक्त प्यानलले

जनता टेलिभिजनका अध्यक्ष पौडेल रिहा

काठमाडौं । जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल रिहा भएका छन्

दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

नेपालगन्ज । बहुमूल्य जडीबुटी सङ्कलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका