१ कार्तिक २०८३, आइतबार | October 18, 2026

राप्तीमा बेपत्ता एक जनाको शव फेला



नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव आज फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार डुडुवा गाउँपालिका–५ का ९ वर्षीय शुलभ रावतको शव फेला परेको हो । सोही स्थानकी ११ वर्षीया खुशी सिजापतिको खोजी कार्य जारी रहेको छ । नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलले उनको खोजी गरिरहेको छ ।

शनिबार पौडी खेल्न गएका दुवै जना घर नफर्केपछि अभिभावकले प्रहरीलाई खबर गरेका थिए । दुवै बालबालिका शनिबार दिउँसो ४ बजे घरबाट निस्किएका थिए । उनीहरू डुबेको घटनाबारे भैँसी गोठालाले शनिबार राति परिवारका सदस्यहरुलाई जानकारी दिएका थिए ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ९ : २३ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

दाङ । दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको

आजदेखि तीन दिनका लागि खुल्दै तातोपानी नाका

काठमाडौं । चीनसँगको उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि तीन दिनका

सिन्धुलीमा जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागथानमा यात्रुवाहक जिप सुनकोशी नदीमा

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ । यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा