१८ माघ २०८२, आइतबार | February 1, 2026

घरदेखि परको देश

कविता



घरदेखि परको देश
परदेश
हजुरआमाले मदानिमा बनाएको
नौनीबाट निस्केको घिउ देखि परको देश
आमाले बारीबाट टिपेर पकाएको
तरकारी र खाना पस्केको थालदेखि परको देश
बाबाले घरबाट निस्कने बेला थमाएको
गाडी भाडादेखि परको देश, परदेश।

घरदेखि परको देश
परदेश
ढलेको सिन्को नउठाउनेलाई
पसिनाको भारीको मुल्य बुझाइदिने देश
सानो तिनो कामलाई काम नठान्नेहरुलाई
काम ठुलो सानो हुदैन भनि चिनाइदिने देश
फलानो र ढिस्कानो भन्दै कुरा गर्दै बस्नेहरुलाई
मिनेट मिनेटको महत्त्व सिकाउने देश, परदेश।।

घरदेखि परको देश
परदेश
सबै आफ्नै गन्तव्यमा पुग्ने
आसमा दौडिएको देश
कोहि संघष गर्दै छन त
कोहि गन्तब्यमा पुगिसकेको देश
पुग्नेहरु आफ्नो धरातल बिर्सिएर
पैसा छ मसँग भन्दै सुनाउने परदेशीहरुको देश, परदेश।।।

घरदेखि परको देश
परदेश
आफ्ना र आफ्नो बीचको
भिन्नता देखिने देश
आमा–बाबा बाहेक भलो कसैले
चिताउदैन भनेर पाठ सिकाउने देश
बाहिर हास्दै भित्र–भित्रै मुरमुरियर जल्ने
आधुनिक नारदमुनिहरुको गोष्ठी हुने देश
फेदबाट भन्दा टुप्पोमा पलाएको परदेशीहरुको
धेरै चुरिफुरी देखिने देश, परदेश।।।।

घरदेखि परको देश
परदेश
आफ्नो धरातल बिर्सिएर
बिना पखेटा हावामा उडने परदेशिहरुको
देश, परदेश।
घरदेखि परको देश
परदेश।।।।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ८ : १९ बजे

वीरगन्ज हुँदै छ महिनामा सात अर्ब ६४ करोडको दलहन भित्रियो

वीरगञ्ज । वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा