१४ चैत्र २०८२, शनिबार | March 28, 2026

घरदेखि परको देश

कविता



घरदेखि परको देश
परदेश
हजुरआमाले मदानिमा बनाएको
नौनीबाट निस्केको घिउ देखि परको देश
आमाले बारीबाट टिपेर पकाएको
तरकारी र खाना पस्केको थालदेखि परको देश
बाबाले घरबाट निस्कने बेला थमाएको
गाडी भाडादेखि परको देश, परदेश।

घरदेखि परको देश
परदेश
ढलेको सिन्को नउठाउनेलाई
पसिनाको भारीको मुल्य बुझाइदिने देश
सानो तिनो कामलाई काम नठान्नेहरुलाई
काम ठुलो सानो हुदैन भनि चिनाइदिने देश
फलानो र ढिस्कानो भन्दै कुरा गर्दै बस्नेहरुलाई
मिनेट मिनेटको महत्त्व सिकाउने देश, परदेश।।

घरदेखि परको देश
परदेश
सबै आफ्नै गन्तव्यमा पुग्ने
आसमा दौडिएको देश
कोहि संघष गर्दै छन त
कोहि गन्तब्यमा पुगिसकेको देश
पुग्नेहरु आफ्नो धरातल बिर्सिएर
पैसा छ मसँग भन्दै सुनाउने परदेशीहरुको देश, परदेश।।।

घरदेखि परको देश
परदेश
आफ्ना र आफ्नो बीचको
भिन्नता देखिने देश
आमा–बाबा बाहेक भलो कसैले
चिताउदैन भनेर पाठ सिकाउने देश
बाहिर हास्दै भित्र–भित्रै मुरमुरियर जल्ने
आधुनिक नारदमुनिहरुको गोष्ठी हुने देश
फेदबाट भन्दा टुप्पोमा पलाएको परदेशीहरुको
धेरै चुरिफुरी देखिने देश, परदेश।।।।

घरदेखि परको देश
परदेश
आफ्नो धरातल बिर्सिएर
बिना पखेटा हावामा उडने परदेशिहरुको
देश, परदेश।
घरदेखि परको देश
परदेश।।।।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ८ : १९ बजे

ओली र लेखकको पक्राउप्रति देउवा पक्षको आपत्ति, रिहाइको माग

काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्रीलाई शुभकामना दिँदै नेकपाले भन्यो – राजनीतिक पूर्वाग्रह गर्ने काम नहोस

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने

ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा

जनताले अनुभूति गर्नेगरी काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनताले