१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

जीवन बुझ्नै गाह्रो



जीवन बुझ्नै गाह्रो
कसैले सजिलो भन्छन्
अनि कसैले सार्है गाह्रो।

हिँड्दा हिँड्दै लड्नुपर्ने
लड्ने बित्तिकै उठ्नुपर्ने
दुखे पनि हाँस्नु पर्ने
अनि हाँस्दा हाँस्दै आसु झर्ने।

जीवन बुझ्नै गाह्रो
आजभोलिलाई साँच्नु पर्ने
भोलि पर्सिलाइ थन्काउनु पर्ने
पर्सि छ छैन थाहा छैन, तै पनि
आज पर्सिकै आसमा बाँच्नु पर्ने।

विद्या ठुलो कि धन भनि
वादविवाद कार्यक्रम गर्नै पर्ने
दुबै भन्दामाथि स्वास्थ छ भनि
जानकार हुन रोगको शिकार हुनै पर्ने।

तेरो यति मेरो यति हिसाब गर्नै पर्ने
तल माथि हुन्छ कि भनि नाप्नै पर्ने
न खाएर सक्ने न त लगाएर सक्ने
त्यै पनि लोभको भकारी भर्नै पर्ने।

हनुमान चालिसा जप्न छोडेर
मुखमा राम राम बगलिमा छुरा गर्नै पर्ने
आफ्नो कर्म गर्न छोडेर
अरुको जुत्ताको तुना तान्नै पर्ने।

जीवन बुझ्नै गाह्रो
मुटु माथि ढुङ्गा राख्नै पर्ने
हुने हार दैब नटार भन्नै पर्ने
तिमी साँचि छौ नि भगवान
पाप धर्म छुटाइदेउ भनि गुहार माग्नै पर्ने।

जीवन बुझ्नै गाह्रो
हाँस्दा हाँस्दै आँशु झर्ने
आज पर्सिकै आसमा बाच्नु पर्ने
त्यै पनि लोभको भकारी भर्नै पर्ने।

जीवन बुझ्नै गार्हो
कसैले सजिलो भन्छन्
अनि कसैले सार्है गाह्रो।।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ९ : १० बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का