३१ जेष्ठ २०८२, शनिबार | June 14, 2025

मनाङमा घर भत्किँदा एक जनाको मृत्यु, सातको सकुशल उद्धार



मनाङ । मनाङमा आज एउटा घर भत्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा धार्चे गाउँपालिका-६ का अन्दाजी ३७ वर्षीय बीरबहादुर घले रहेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए।

ङिस्याङ गाउँपालिका-४ मनाङ गाउँका कान्छा गुरुङको घर मर्मतका क्रममा माटोले पुरिएर घलेको मृत्यु भएको हो । घर मर्मत गर्ने नौ जना कामदारमध्ये सात जनाको सकुशल उद्धार गरिएको छ भने एक जना सामान्य चोट लागेको प्रमुख जिल्ला अधिकारी लामिछानेको भनाइ छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको भान्सा रहेको सो घर हिमपातपछि पानी चुहिने समस्या देखिएको थियो ।

उनले भने, “केही दिनअघिको भारी हिमपातपछि घरमा पानी चुहिने समस्या देखिएको रहेछ । सो मर्मतका क्रममा घर भत्किएको हो । घलेको माटोले च्यापिएर मृत्यु भएको जानकारी प्राप्त भएको छ ।” माटोले पुरिएका कामदारको नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको थियो ।

मृतक घलेको शव पोष्टमार्टमका लागि चामे पठाइएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए। उनले भने, “माटोले पुरिँदा एक जनाको टाउकोमा सामान्य चोट लागेकोमा प्राथमिक उपचार गरिएको छ भने अन्यको सकुशल उद्धार गरिएको छ ।” उनका अनुसार घरमा हिउँ बढी जमेपछि पानी चुहिने समस्या देखिएको थियो ।
रासस

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ८ : ०२ बजे

पार्टी महाधिवेशन २०८३ मा हुनेमा महामन्त्री थापा विश्वस्त

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसको महाधिवेशन

नाफा भन्दा पनि आम मानिसलाई फाइदा पुग्ने सिद्धान्तमा टेकेर अघि बढ्ने आइएमईका संस्थापकहरुको प्रतिबद्धता

काठमाडौ। नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले लगानी विस्तार

सरकारलाई एक महिनाभित्र छानबिन समिति बनाउन बाध्य पार्‍यौं : प्रचण्ड

झापा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको

देशको वृहत्तर हितका लागि एमाले र कांग्रेसबीच सहकार्य आवश्यक : प्रदीप ज्ञवाली 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको

बुटवलको मिलनचोकमा खुल्यो प्राञ्जल एजुकेशन कन्सल्टेन्सीको पहिलो शाखा

बुटवल । वैदेशिक अध्ययनका लागि परामर्श सेवा प्रदान गर्दै आएको