५ भदौ २०८३, शुक्रबार | August 21, 2026

आइसीसी विश्वकप क्रिकेट लिग-२ : नेपाल नेदरल्यान्डससँग ८ विकेटले पराजित



काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ मा घरेलु टोली नेपाल नेदरल्यान्डससँग ८ विकेटले पराजित भएको छ । १७३ रनको लक्ष्य नेदरल्यान्डसले ३७.५ ओभरमा पूरा गरेको हो ।

नेदरल्यान्डसको जितका लागि विक्रमजित सिंहले ५८ र अर्को ब्याटर सिब्रान्ड एन्जलब्रेचले ४६ रनको योगदान दिए । दुई जना ओपनर ब्याटर सस्तैमा गुमाए पनि यी दुई जना चम्किँदा खेल नेदरल्यान्डसको पक्षमा गएको छ ।

घरेलु मैदानमै भएको लिग २ मा नेपालको यो तेस्रो हार हो । यसअघि नेपाल नामिबियासागको दुवै खेलमा पराजित भएको थियो ।

त्रिवि मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभर खेल्दै १७२ रनको योगफल खडा गरेको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ६६ रन जोडेका थिए । उनले उनले ९३ बल खेल्दै ८ चौका प्रहार गरे ।

यस्तै यस्तै करण केसीले २६, आरिफ शेखले २२, आसिफ शेखले १७ तथा कप्तान रोहित पौडेलले १६ रन जोडेका थिए । ६ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपाललाई अलआउट गर्न डचका लागि भिभियन किंगमा र आर्यन दत्तले ३-३ तथा बास डी लिडले २ विकेट लिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ३ : ५९ बजे

बासुदेव खोलामा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

हेटौँडा। हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेइ) सङ्क्रमणबाट

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

गोरखा । एघार महिनामा फलेको गहुँ भित्र्त्याउन चुमभ्यालीका किसानलाई यतिबेला

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक