काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ नदिएपछि आपत्ति जनाएको छ ।
सोमबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेका सांसद गोकुल बाँस्कोटाले प्रतिपक्षी दलका सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई दुई दिनको समय दिँदा पनि नजरअन्दाज गरिएको आरोप लगाए ।
सभामुखबाटै रुलिङ भइसक्दा पनि प्रधानमन्त्री प्रचण्डले जवाफ नदिएको भन्दै उनले यसरी बैठक अघि बढ्न नसक्ने बताए ।
बालकुमारीसहित विभिन्न घटना तथा मिटरब्याजीको समस्या समाधानका विषयमा सरकारको जवाफ माग्दै एमालेसहित प्रतिपक्षी दलले सरकारको जवाफ मागेको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र रास्वपाका सभापति रवि लामिछानेले पनि मिटरव्याज पीडित र दुग्ध किसानको समस्या समाधान लगायतका विषयमा सरकारको स्पष्ट जवाफ आउनुपर्ने माग राखे ।
एमालेका सांसदहरुले आफ्नो स्थानबाट उठेर सरकारले संसदलाई अपमान गरेको आरोप लगाउँदै संसद चल्न नसक्ने बताएका छन् ।




















प्रतिक्रिया