५ पुस २०८२, शनिबार | December 21, 2025

गगन थापाले भने – आयोगले पोलेको, सहकारी ठग्ने र दुईचारथान नागरिकता राख्नेलाई घर पठाएर अनुसन्धान गर्न लगाऔँ



काठमाडौं। सत्तारुढ कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले आरोपप्रत्यारोको शृङ्खलाले सदनमा मूल विषय छायाँमा परेको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले केही दिनयता सत्ता पक्ष र प्रतिपक्षी दलका सांसदबीच चलेको आरोपप्रत्यारोपले मूल विषय छायाँमा परेको बताएका हुन् ।

आरोपप्रत्यारोपले मूल विषय छायाँमा पर्ने भएकाले आयोगले पोलेको, सहकारी ठग्ने र दुईचारथान नागरिकता राख्नेलाई घर पठाएर अनुसन्धान गर्न लगाउनुपर्ने बताए ।

‘विगत केही दिनदेखि यताकोले उता बसेको दागी देख्ने, उताकोले यता बसेको दागी देखाउने दोहोरी चलिरहेको छ । यही पाराले न संसद राम्ररी चल्ने भयो । मूल विषय पनि छायाँमा पर्ने भयो । अब यसो गर्न लगाऔँ,’ उनले भने, ‘आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने होस्, काखैको होस् कि पाखैको होस् । अख्तिायारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झन्डावालाको झन्डा छोपेर घर पठाइदिऊँ । अनि सहकारी ठग्ने, दुईचारथान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन, घरै पठाइदिएर अनुसन्धान गर्न लगाऔँ । यति गर्न सकेदेखि के होला रु निर्दोष भए फर्केर आउनुहोला, फूलमाला लगाएर स्वागत गरौँला । दोषी भए दण्ड व्यहोर्नुहोला । अलि अलि सफा गर्न सकेदेखि अनि बडोमजाले यहाँ मिटरब्याजकोबारेमा, दूधको किसानले दूधको मूल्य नपाएकोबारेमा, एनसेलको प्रतिवेदनबारे जमेर सार्थक छलफल गर्न सकिन्थ्योहोला । होइन भने यताकोले उता देखाउने, उताकोले यता देखाउने दोहोरी चलिनै राख्ने भयो । ”

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ३ : ४९ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ