५ पुस २०८२, शनिबार | December 21, 2025

संसद् भवनमा आन्दोलनकारी प्रवेश गरेपछि इन्स्पेक्टरसहित ३२ सुरक्षाकर्मीको जिम्मेवारी खोसियो



काठमाडौं । संसद भवनको सुरक्षा व्यवस्था कायम गर्न नसकेको अभियोगमा प्रहरी प्रधान कार्यालयले संसद भवनमा सुरक्षार्थ खटिएको प्रहरी युनिटलाई जिम्मेवारीबाट हटाएको छ ।

सोमबार दिउँसो लघुवित्तका ऋणी आन्दोलनकारीहरु निषेधित क्षेत्र पार गरेर नयाँ वानेश्वरस्थित संसद् भवन परिसरभित्र प्रवेश गरेका थिए । त्यसलगत्तै प्रहरी प्रधान कार्यालयले संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी निरीक्षकसहितको ३२ जनाको टोलीलाई जिम्मेवारीबाट हटाएको हो । सो टोलीलाई हटाएलगत्तै अर्को टोली परिचालन गरिसकिएको छ ।

घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाइएको छ । समितिमा काठमाडौं प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य छन् ।

घटनाबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीन वटा सुरक्षा निकायका प्रमुखहरुसँग जानकारी माग गरेका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ८ : १९ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ