१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

घाईते अवस्थामा उद्दार गरिएको बाघको मृत्यु



बारा। पर्साको ठोरी गाउँपालिका वडा नं ५ सुवर्णपुरबाट ‘डार्ट’ गरी घाइते अवस्थामा उद्धार गरिएको वयस्क पाटे बाघको मृत्यु भएको छ ।

घाइते अवस्थामा उद्धार गरेर निकुञ्जले खोरमा राखेर रेखदेख गर्दै आएको बाघको सोमवार बिहान मृत्यु भएको हो ।

बाराको पर्सा राष्ट्रिय निकुञ्ज आधाबारको खोरमा रहेको घाईते वयस्क पाटे बाघलाई आईतवार राती निकुञ्जका कर्मचारीले खाना दिएका थिए तर सोमवार बिहान खाना दिने समयमा बाघ मृत अवस्थामा भेटिएको निकुञ्जले जनाएको छ ।

यसअघि समेत निकुञ्जको खोरमा रहेको ३ वटा पाटे बाघ मध्ये एक बघिनीको मृत्यु भएको थियो ।

करिव १० वर्ष उमेरको बाघ अर्को भाले बाघसँग जुध्दा घाईते भएको निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले जानकारी दिए ।

उनका अनुसार घाईते बाघलाई भेटेरीनरी अस्पताल तथा विज्ञ चिकित्सकको सहयोगमा उपचार भइरहेको थियो ।

उनले भने,‘बाघलाई औषधी उपचार भईरहेको भएतापनि बचाउन भने सकिएन, मासुमा चिकित्सकको सल्लाह अनुसारनै औषधी हालेर खुवाईरहेका थियौै तरपनि बचाउन भने सकिएन, हुनत सधै जंगलमा बस्ने, कुद्ने जनावरलाई खोरमा बचाउन नसकिने रहेछ ।’

मृत्यु भएको बाघलाई कार्यालय प्राङ्गणभित्रै खाल्डो खनेर गाडिएको छ । पर्सा राष्ट्रिय निकुञ्जमा ३ वर्षको अन्तरालमा ४ वटा वयस्क बाघले ज्यान गुमाईसकेका छन् ।

हाल पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वटा वयस्क पाटे बाघ छन् । संरक्षणको क्षेत्रमा गरिएको पछिल्लो प्रयासका कारण पर्सा निकुञ्जमा बर्सेनि बाघको सङ्ख्या बढ्दै गएको हो ।

१२ वर्ष अघिसम्म यो निकुञ्जमा ३ वटामात्र बाघ थिए ।

गत वर्ष बाघ गणना गर्दा यहाँ ४१ वयस्क बाघ रहेको पाइएको हो । बाघको संख्या बढेसँगै बासस्थानको अभाव हुदा बाघहरु आफै आफै जुधेर घाईते हुने र घाईते बाघले बस्तीमा पसेर जनधनको क्षती पुर्याउते गर्दछन् । हाल नेपालमा ३ सय ५० वटा पाटे बाघ छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  १० : ३५ बजे

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठ पक्राउ

पोखरा । पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको

पूर्वराष्ट्रपति यादवद्वारा ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक विमोचन

काठमाडौं । ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक आजदेखि

नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका

नीति तथा कार्यक्रमअनुसार बजेट ल्याउनुपर्छ : एफएनसीसीआई अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नीति

विद्यालय चिटिक्क पारेर मनाए मध्यबिन्दुको युवा संघका युवाले स्थापना दिवस

मध्यविन्दु । राष्ट्रिय युवा संघ नेपाल मध्यविन्दु नगर कमिटी नवलपरासीले