१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

जनमतका सांसदद्वारा मधेश प्रदेशसभामा नाराबाजी



जनकपुरधाम । मधेस प्रदेश सभाको बैठकमा जनमत पार्टीका प्रदेशसभा सदस्यहरुले बैठकमा नारावाजी गरेका छन् ।

प्रदेशसभाको बैठक सुरु हुना साथ जनमत पार्टीका प्रदेश सभा सदस्य चन्दनसिंहले आफनो पार्टीबाट विगतमा मन्त्री रहेको महेश प्रसाद यादव र प्रदेशसभाका सदस्यहरुमाथि राजविराजको कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा प्रहरीलो लाठि चार्ज गरेको र सोह घटनालाई लिएर मुख्यमन्त्रीले माफी माग्नु पर्ने भन्दै उठेर विरोध जनाएका छन् ।

तर, सभामुख मण्डलले बैठक सुचारु गर्न आग्रह गर्दा समेत जनमत पार्टीका प्रदेश सभा सदस्यहरुले बस्न नमानेपछि खेलकुद तथा समाज कल्याण मन्त्री सुरिताकुमारी साहलाई प्रदेश बालअधिकार ऐन २०७७ संसोधन गर्न बनेको विधेयक माथि विचार गरियो भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएका थिए । त्यसपछि जनमत पार्टीका प्रदेशसभा सदस्यहरुले सभामुखको अगाडि पुगेर नारावाजी गरे थिए । नाराबाजी नरोकिएपछि बैठक १० मिनेटको लागि स्थगित गरिएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  २ : ४२ बजे

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको