७ चैत्र २०८२, शनिबार | March 22, 2026

हिन्दू र मुस्लिमको आस्थाको केन्द्र मदारबाबा मेला सुरु



नवलपरासी । हिन्दू र मुस्लिम धर्मावलम्बीको आस्थाको केन्द्र मदारबाबा मेला आजदेखि सुरु भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयीत्रिवेणी गाउँपालिका–६ स्थित दाउन्नेडाँडामा रहेको मदारबाबा मेलामा दर्शनार्थीको बाक्लो चहलपहल छ ।

हिन्दू र मुस्लिम धर्मावलम्बीले श्रद्धापूर्वक पूजाआजा गर्ने मदारबाबा मेलामा नेपाल र भारतका हजारौँ भक्तजन आएका छन् । मेला आजदेखि सुरु भए पनि गत सोमबारदेखि नै दर्शनार्थी र बजार राख्नेहरूको भीडभाड लागेको विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए ।

पूर्वपश्चिम राजमार्गको बर्दघाटबाट २१ किलोमिटर पूर्वमा रहेको मदारथानमा हिन्दूको पर्व शिवरात्रि सुरु हुनुभन्दा एक हप्ता अघिदेखि ठूलो मेला लाग्ने गर्दछ । महाशिवरात्रिसम्म सञ्चालन हुने उक्त मेलामा नेपाल र भारतका गरी लाखौँ दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । मेला व्यवस्थित गर्न त्यस क्षेत्रमा सुरक्षाको राम्रो व्यवस्था गरिएको अध्यक्ष गिरीले बताए ।

“मदारबाबा स्थान मुस्लिम समुदायको नेपालकै ठूलो र ऐतिहासिकस्थल हो । विशेषगरी मुस्लिम समुदायको धार्मिकस्थल भए पनि त्यहाँ हिन्दू, बौद्ध धर्मावलम्बीको पनि आगमन हुने गरेको छ”, उनले भने, “यो स्थानको प्रवेशद्वार नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुस्ता गाउँपालिका–२ महलबारीमा र मुख्य समाधिस्थल भने नवलपरासी ९बर्दघाट सुस्तापूर्व० को विनयीत्रिवेणी गाउँपालिका मदारीडाँडामा रहेको छ । मदारीडाँडामा पैदलयात्रामार्फत् पुग्न सकिन्छ ।”

मेलामा महलबारी मस्जिदका मठाधीश अमिरुल्लाह अन्सारी नै परम्परादेखि मदारीडाँडाको गद्दीमा आसिन हुने परम्परालाई यस वर्ष पनि निरन्तरता दिइएको विनयीत्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष नुरेन शाहले बताए । “यस वर्षको मेलामा करिब सात लाख भक्तजनले अवलोकन गर्ने अनुमान गरिएको छ”, शाहले भने ।

मदारबाबाले थुप्रै मुलुकसहित नेपालको नवलपरासी र बुटवलस्थित फूलबारीपार्क क्षेत्रमा समेत तपस्या गरेको इतिहास पाइन्छ । यहाँ भाकल गर्नाले सन्तान नहुनेले सन्तान प्राप्त गर्छन् भन्ने जनविश्वाससमेत रहेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  २ : ५३ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा