५ भदौ २०८३, शुक्रबार | August 21, 2026

त्रिकोणात्मक टी-२० सिरिज : नेपालको प्रतिस्पर्धा नामिबियासँग, जित्नैपर्ने दबाब



काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपालले शुक्रबार नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।

मंगलबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । यस्तै नेदरल्यान्ड्ससँग पनि नेपाल २ रनले पराजित भएको थियो ।

घरेलु मैदानमा यसअघिका दुई खेल हारेको नेपाललाई बाँकी दुवै खेल जित्नैपर्ने दबाब छ ।

यसअघिका दुवै खेलमा दोस्रो ब्याटिङ गरेको नेपालले लक्ष्य पूरा गर्न सकेको छैन । नामिबियासँग २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८६ रन बनाउँदै अलआउट भएको थियो भने नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याउँदा १८३ रन बनाएर अलआउट भएको थियो ।

२०२४ को जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको तयारीका क्रममा यो शृंखला खेल्न लागिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स टी-२० विश्वकपमा छनोट भएका छन् ।

अबका बाँकी खेलहरूः

नेपाल भर्सेज नेदरल्याण्डस, फागुन १९ गते शनिबार ।

नामिबिया भर्सेज नेदरल्याण्डस, फागुन २० गते आइतबार ।

फाइनल, फागुन २२ गते मंगलबार ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ७ : २८ बजे

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको

बागमतीका मुख्यमन्त्री थापामगरले आइतबार विश्वासको मत लिने

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले यही भदौ ७

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा

जब एक चिनियाँ व्यक्ति गाउँ फर्किए, बनाए झुर ठाउँलाई ‘पर्यटकीय हब’

गुइयाङ (चीन) । मध्य चीनको हेनान प्रान्तको राजधानी झेङझाउस्थित फक्सकनको