३ पुस २०८२, बिहिबार | December 18, 2025

विश्वकप छनोटका लागि ३३ जनाको प्रारम्भिक टोलीको छनौट



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बहराइनविरुद्ध हुने विश्वकप छनोटको दोस्रो चरणको खेलका लागि ३३ खेलाडीलाई प्रारम्भिक टोली छनौट गरेको छ ।नेपालले मार्च २१ र २७ मा बहराइनसँग खेल्नेछ ।

नेपालले विश्वकप छनौटमा समुह एचमा रहेको छ । जसमा युएई, लाओस र बहराइन रहेका छन् । नेपालले यसअघि दुई खेल खेलेकोमा दुवै खेलमा हार बेहोरेको छ । नेपालले लाओससँग १-० गोलको र युएईसँग ४-० को हार बेहोरेको थियो ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले बिहीबार दुई खेलका लागि आफ्नो टोली घोषणा गरेका छन् ।

गोलकिपर : अभिषेक बराल, विशाल सुनार, दीप कार्की र किरण चेम्जोङ ।

डिफेन्डर : अजय चौधरी, अनन्त तामाङ, अन्जल महर्जन, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, दीपेन्द्र विक, रोहित चन्द, सनिश श्रेष्ठ, सुमित श्रेष्ठ र योगेश गुरुङ ।

मिडफिल्डर : अरिक विष्ट, विशाल तामाङ, कृतिश रत्न छिन्जु, लाखेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, सन्तोष खत्री, सुरज जेउ ठकुरी र उत्सव राई ।

फरवार्ड : अन्जन विष्ट, आयुष घलान, दिनेश हेन्जन, गिलेस्पे जंग कार्की, हिसुब थपलिया, राजेश परियार, समीर तामाङ र सञ्जीव विष्ट ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ४ : ५९ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको