२३ चैत्र २०८२, सोमबार | April 6, 2026

भागबण्डा नमिल्दा मधेश प्रदेशको ३ पालिका अझै बजेटविहीन



रौतहट । फागुनको दोस्रोसाता बितिसक्दा पनि मधेस प्रदेशका तीन पालिकाले अझै बजेट ल्याउन सकेका छैनन् । आपसी भागबण्डा मिल्न नसकेको कारण प्रदेशको  १३६ मध्ये तीनवटा पालिकाले फागुन १८ गतेसम्म आर्थिक वर्ष २०८०/०८१ को लागि बजेट ल्याउन नसकेका हुन् ।

बजेट ल्याउन नसकेका मध्ये रौतहटको एक र सर्लाहीको दुई पालिका रहेका छन् । रौतहटको फतुवा विजयपुर नगरपालिका, सर्लाहीको हरिपुर्वा नगरपालिका र चन्द्रनगर गाउँपालिकाले  बजेट ल्याउन सकेका छैन ।

फतुवा बिजयपुर नगरपालिकाको नेपाली कांग्रेसका निर्वाचित मेयर गोपाल राय यादव अख्तियारले नदीको टेन्डरमा दोषी ठहर गर्दा विशेष अदालतले तीन बर्ष कैद र १५ लाख रुपैयाँ जरिबाना गरेपछि गत आर्थिक बर्षमा उनी पद च्युत भएका थिए । कार्यवाहक मेयर अम्बेया खातुन र प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानको प्रयासमा निर्धारित समयभन्दा ७ महिना ढिलो यही ३ फागुनमा सातौं नगरसभा सम्पन्न भएको थियो ।

तर, बाँकी प्रक्रिया हालसम्म मिल्न नसकेको कारण फतुवा विजयपुर यस आवको बजेट हालसम्म आउन सकेको छैन । असार १० भित्र हुनुपर्ने नगरसभा समयमा हुन नसक्दा त्यहाँका शिक्षक कर्मचारी गरी झन्डै साढे तीनसय मानिसले हालसम्म तलब पाउन सकेका छैनन् ।

त्यसैगरी आन्तरिक बिवादको कारण भन्दै सर्लाहीको हरिपूर्वा र चन्द्रनगराले बजेट ल्याउन सकेको छैन । तलबको माग गर्दै पछिल्लो १८ दिनदेखि हरिपूर्वाका कर्मचारी तथा शिक्षक दैनिक पालिकाअगाडि धर्नामा बस्दै आएका छन्। त्यस्तै चन्द्रनगरको पनि आर्थिक गतिविधि प्रायः ठप्प भएको स्थानीय सञ्चारकर्मी मुकेश झाले बताएका छन् ।

पालिकाहरुले विभिन्न राजनीतिक, प्राविधिक जे जस्तो कारण देखाए पनि मधेश प्रदेशमा समयमा नगरसभा नहुनु अर्थात् ढिलो गरी हुनुको प्रमुख कारण निर्वाचित पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरू बीच बजेटको भागबण्डा नमिल्नु नै मुख्य कारण रहेको जानकारहरूको ठम्याई छ ।

देशभरिको कुल ७ सय ५३ स्थानीय तहमध्ये मात्र तीन स्थानिय तहले चालु आर्थिक वर्षको ८ महिना बितिसक्दा पनि  बजेट पेश गर्न सकेको छैन । स्थानीयतहले समयमा बजेट ल्याउन नसक्दा प्रदेश सरकार तथा संघ सरकारबाट पाउने अनुदानमा कटौती हुने गर्दछ भने ढिलो गरी बजेट ल्याउँदा सदुपयोग हुने सम्भावना झिनो हुने गर्दछ ।

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार स्थानीय तहले असार १० भित्र बजेट ल्याउनु पर्ने र असार मसान्तसम्ममा पास गरिसक्नु पर्ने कानुनी व्यवस्था रहेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ५ : १८ बजे

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आजको मौसम : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको