३ पुस २०८२, बिहिबार | December 18, 2025

प्रदेश गृहमन्त्रीहरुको समन्वय बैठक सम्पन्न, छिटोभन्दा छिटो प्रहरी समायोजन गर्नुपर्नेमा जोड



सुर्खेत । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन (गृह)मन्त्रीहरुको समन्वय बैठक सम्पन्न भएको छ ।

शनिबार कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीको अध्यक्षतामा बसेको बैठकमा प्रदेश प्रहरी समायोजनको विषयमा छलफल भएको हो । त्यस्तै, प्रदेशको शान्ति, सुरक्षाको अवस्थाको सम्वन्धमा अनुभव आदानप्रदान समेत भएको छ ।

बैठकमा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री जि।सी। सहित बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ र सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टको उपस्थिति रहेको थियो । बैठकमा मधेश प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्र कुमार यादव, कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव ध्रुव घिमिरे र सुदुरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सुशील बैध्यको समेत उपस्थिति रहेको थियो ।

बैठकले नेपाल सरकार गृह मन्त्रालयसँग समन्वय गरि आगामी चैत्र महिनाको पहिलो हप्ता बागमती प्रदेशमा प्रदेश प्रहरी समायोजन लगायतका विषयमा थप छलफल गर्न पुनः समन्वय बैठकको आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकमा बोल्दै मन्त्रीहरुले छिटोभन्दा छिटो प्रदेश प्रहरी समायोजन गर्नुपर्नेमा जोड दिएका बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  १२ : ०१ बजे

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक