७ पुस २०८२, सोमबार | December 23, 2025

घृणायुक्त भाषणका ७५ प्रतिशत घटना भाजपा शासित राज्यमा : रिपोर्ट



नयाँदिल्ली। भारतमा पछिल्ला केही वर्षयता घृणापूर्ण भाषणका घटनामा वृद्धि भएको छ।

राष्ट्रिय अपराध अभिलेख ब्यूरोको प्रतिवेदन अनुसार सन् २०२१ को तुलनामा २०२२ मा घृणायुक्त भाषणमा ३१ प्रतिशत बढी मुद्दा दर्ता भएको छ ।

हालै अमेरिकाको वासिङ्टनमा रहेको इन्डिया हेट ल्याब ग्रुपले यो आफ्नो रिपोर्ट सार्वजनिक गरेको छ । सन् २०२३ मा भारतमा मुस्लिम समुदायका मानिसहरू विरुद्ध ६६८ घृणायुक्त भाषणहरू भएको दाबी यस रिपोर्टमा गरिएको छ।

रिपोर्टका अनुसार यी ६६८ घृणित भाषणका घटनाहरूमध्ये ७५ प्रतिशत घटना अर्थात लगभग ४९८ घृणायुक्त भाषण बीजेपी शासित राज्य र केन्द्र शासित प्रदेशहरूमा दिइएको छ। मुस्लिम विरुद्धको हिंसा, लभ जिहाद र हलाल जिहादजस्ता धेरै मुद्दाहरू यी घृणित भाषणहरूमा उल्लेख गरिएको छ।

जहाँ ३६ प्रतिशत अर्थात् करिब २३९ घटनामा मुस्लिम माथिको हिंसाको प्रत्यक्ष कुरा भएको थियो भने २५ प्रतिशत भाषणमा मुसलमानको धार्मिक स्थललाई निशाना बनाउने आह्वान गरिएको थियो ।

यी घटनाहरूलाई विस्तृत रूपमा वर्णन गर्दै यो भनिएको छ कि घृणायुक्त भाषणका घटनाहरू अगस्ट र नोभेम्बर २०२३ को बीचमा चरममा थिए। यो समय
त्यही थियो, जहाँ राजस्थान, मध्य प्रदेश, तेलंगाना र छत्तीसगढमा विधानसभा चुनाव हुन लागेको थियो।

यस अवधिमा सबैभन्दा बढी घृणित भाषण दिने राज्य महाराष्ट्र थियो। यहाँ ११८ घृणायुक्त भाषणहरू दिइएको थियो। दोस्रो स्थानमा उत्तर प्रदेश रहेको छ जहाँ १०४, मध्य प्रदेशमा ६५, राजस्थानमा ६४, हरियाणामा ४८, उत्तराखण्डमा ४१, कर्नाटकमा ४०, गुजरातमा ३१, छत्तीसगढमा २१ र बिहारमा १८ वटा घृणायुक्त भाषणका घटना भएका छन् ।

यहाँ एउटा रोचक कुरा के छ भने भाजपा शासित राज्यहरूमा भन्दा गैर भाजपा शासित राज्यहरूमा भाजपा नेताहरू यस्ता घटनाहरूमा संलग्न भएको देखिएको छ । रिपोर्टमा भनिएको छ कि भाजपा शासित राज्यहरूमा मात्र १०।६ प्रतिशत घटनाहरूमा भाजपा नेताहरू संलग्न छन् भने जबकि यो संख्या गैर भाजपा शासित राज्यहरूमा २७।६ मा बढेको छ।

तथ्याङ्कअनुसार ३२ प्रतिशत अर्थात् विश्व हिन्दू परिषद् र बजरंग दलद्वारा आयोजित सार्वजनिक सभामा घृणापूर्ण भाषणका १२६ घटना भएका छन् । उही समयमा चुनावी र्‍यालीहरूमा ५० घृणायुक्त भाषणहरू दिइयो, जसको आयोजनाको लागि बीजेपी आफैं जिम्मेवार थियो।

 

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ८ : ०२ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत