२२ चैत्र २०८२, आइतबार | April 5, 2026

प्रधानमन्त्री प्रचण्डलाई भेटे रवि लामिछानेले



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर समसामयिक विषयमा ध्यानाकर्षण गराएका छन् ।

आइतबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर सभापति लामिछानेले दूध किसानको बक्यौता र चितवनमा मृत्यु भएकी बालिका शालिन पोखरेलका विषयमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन् ।

दूग्ध किसानको ७ अर्ब रुपैयाँ बक्यौदा बाँकी रहेको भन्दै प्रदर्शनमा उत्रिएका बेला सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेर भुक्तानी दिने प्रवन्ध गर्न आग्रह गरेका हुन् ।

साथै यही १२ फागुनमा चितवनको रत्ननगर नगरपालिका वडा नं। १० मा रहेको शिशु निकेतन माविको छात्रावासमा कक्षा ८ मा अध्ययनरत शालिन पोखरेल मृत अवस्थामा भेटिएकी थिइन् । उनको मृत्यु रहस्यमय भएको एकसाता पुगिसक्दा पनि मृत्युको कारणबारे आधिकारिक विवरण सार्वजनिक भएको छैन । उनको हत्या वा आत्महत्या भन्नेबारे आधिकारिक धारणा नआएका बेला सभापति लामिछानेले उनको मृत्युको विषयमा पनि प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  २ : १६ बजे

मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका-३ बरङ्जामा मार्ग खुलेको १६ वर्षपछि

सानुभाइ भनिने युवराज गुरुङसहित १८ जना पक्राउ

काठमाडौं । ‘सानुभाइ’ भनेर चिनिने युवराज गुरुङसहित १८ जनालाई प्रहरीले

भलिबलको एउटै टिममा एकै परिवारका चार जना सदस्य

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-३ फलियागाउँको एउटा भलिबल टिममा एकै

पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

पाल्पा । लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको पाल्पाको

‘३६ वर्षसम्म सुरक्षाकर्मीलाई नै हतकडी लगाइदिएको रहेछ’- गृहमन्त्री गुरुङ

काठमाडौं । सुधन गुरुङले ३६ वर्षसम्म सुरक्षाकर्मीमाथि अन्याय भएको संकेत