१५ पुस २०८२, मंगलबार | December 30, 2025

प्रधानमन्त्री प्रचण्डको कदम अप्रत्यासित भएको एकीकृत समाजवादीको ठहर



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सत्ता समिकरण परिवर्तन गर्ने निर्णयलाई नेकपा एकीकृत समाजवादीले अप्रत्यासित कदम भएको निश्कर्ष निकालेको छ । एकीकृत समाजवादीको आकस्मिक बसेको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डको कदमलाई अप्रत्यासित भएको ठहर गरेको हो ।

कांग्रेससहितको गठबन्धन भत्किएर एमालेससहितको नयाँ गठबन्धन बनेपछि बसेको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेकपा एसका उपमहासचिव जगन्नाथ खतिवडाले प्रधानमन्त्रीले चालेको नयाँ कदम आफ्नो पार्टीका लागि अप्रत्यासित भएको बताएका छन् । प्रधानमन्त्रीले चालेको कदम अप्रत्यासित भएको पार्टीले ठहर गरेको बताउँदै उनले प्रधानमन्त्रीले लिएका उदेश्य, निर्णय र प्रक्रिया सार्वजनिक भएपछिमात्र नेकपा एकीकृत समाजवादीले आफ्नो दृष्टिकोण सार्वजनिक गर्ने स्पष्ट पारे ।

एकीकृत समाजवादीले अप्रत्यासित घटना घटेकाले धेरै विषयहरु सार्वजनिक हुन बाँकी रहेको जनाएको छ । साथै सो पार्टीले आफ्ना मन्त्रीहरुलाई नयाँ मन्त्री आउनुअघि नै मन्त्रालयमा गएर विदा हुन निर्देशन दिएको पनि खतिवडाले बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ५ : ३० बजे

ओलीको कटाक्ष : कुखुरा-बाख्राको मोर्चाले बाघसँग मुकाबिला गर्न सक्दैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र

पैचो पसलले मनायो ११ औं वार्षिकोत्सव, गाँउको अर्थतन्त्रलाई चलायमान बनाईरहेको दाबी

गुल्मी । ‘बसेपनि शहर गाँउकै खाने रहर’ भन्ने मुल नाराको

समानुपातिकको बन्द सूची बुझाएका दलको यस्तो छ चुनाव चिन्ह (सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक