१५ पुस २०८२, मंगलबार | December 30, 2025

मन्त्रालय भागवण्डा गर्न गठबन्धनको बैठक बस्दै, गृहमन्त्रालय रास्वपाको बटमलाइन



काठमाडौं । मन्त्रालयको भागबन्डा गर्न सोमबार बनेको नयाँ सत्ता गठबन्धनको बैठक बस्दैछ।

माओवादी, एमाले, रास्वपा र जसपासम्मिलित चार दलीय गठबन्धनको बैठक दिउँसो ३ बजे बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रालयहरु बाँडफाँडमा सहमति खोजिने छ । गठबन्धनमा एकीकृत समाजवादी र लोसपालाई पनि सम्मिलित गराउन प्रयास भैरहेको जसपाका नेता राजेन्द्र श्रेष्ठले बताएका छन् ।

रास्वपाले भने गृहमन्त्रालयलाई आफ्नो बटमलाइन बनाएको छ । गृहसहित चार मन्त्रालय आफुले पाउनुपर्ने अडान सो पार्टीले लिएको छ । माओवादी र एमालेबीच गृहमन्त्रालय र अर्थमन्त्रालय दुई दलले बाँडफाँड गर्ने सहमति भएको बताइएको थियो । तर, रास्वपाले गृहमन्त्रालयमा सभापति रवि लामिछानेलाई नै पठाउने गरी आफ्नो अडान राखेको हो । यही अडान गठबन्धनको बैठकमा पनि राखिने रास्वपाका नेता स्वर्णिम वाग्लेले बताएका छन् ।

नयाँ गठबन्धनबीच सोमबार साँझ आठ बुँदे सहमति भएको थियो । सो सहमतिअनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले पाउनेछन् । यस्तै मन्त्रालय बाँडफाँडलाई पनि सहमतिमै टुंग्याइने सहमति गरिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ८ : ५९ बजे

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज । नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा

राष्ट्रिय च्याउ दिवस : नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु

काठमाडौँ । च्याउको महत्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवद्र्धन, खाद्य

प्रसाईलाई बुद्धको तस्बिर उपहार दिँदैै प्रधानमन्त्रीले भनिन् – ‘शान्ति कायम राख्ने अभियानमा साथ दिनुहोस्’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचयन कायम