११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

त्रिकोणात्मक टी-२० सिरिज : नेदरल्याण्डसविरुद्ध टस जितेर नेपाल पहिला ब्याटिङमा



काठमाडौं । जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्डसबीच प्रतिस्पर्धा भैरहेको छ ।

टियु मैदानमा सुरु भएको यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।

कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । योसँगै नेपालले पहिला बलिङ गरिरहेको छ।

आइतबार खेल वर्षाले प्रभावित बनाएपछि नामिबिया र नेदरल्यान्ड्सले अंक बाँडेका थिए । यो खेलपछि फाइनलको समीकरण तयार भएको थियो ।

यो खेलबाट १ अंक पाएको नेदरल्यान्ड्स ५ अंकका साथ फाइनल पुगेको हो । नेपालले भने यसअघि नै फाइनलमा स्थान बनाइसकेको थियो ।

शनिबारको खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको नेपालले ४ अंकका साथ फाइनलमा स्थान बनाएको थियो । नेपालले सुरुवाती दुई खेल हारे पनि पछिल्ला दुई खेल लगातार जितेको थियो ।

त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपाल नेदरल्यान्ड्स र नाममिबिया सम्मिलित छन् । ४ खेलपछि नेदरल्यान्ड्स ५ अङ्कसहित शीर्ष स्थानमा रह्यो ।

टी-२० विश्वकपको तयारी स्वरुप खेलाइएको यो सिरिज जित्‍नका लागि आज दुवै टोली उच्च मनोबलका साथ मैदानमा उत्रिनुपर्नेछ । नेपालले घरेलु मैदानको फाइदा उठाउन सक्नेछ भने नेदरल्यान्ड्स एसोसिएट राष्ट्रको बलियो टोली भएकोले फाइनल खेल निकै रोचक हुने अनुमान गर्न सकिन्छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ११ : ३३ बजे

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण

बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान

बागलुङ । दिगो पर्यटन प्रवद्र्धन परियोजनाले निसीखोला र ढोरपाटनमा १८

दुई हजार ६९२ जना ट्राफिक कारबाहीमा

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी

सुकुम्बासी बस्ती भत्काउने कार्य तत्काल रोक्न हर्क साम्पाङको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशका विभिन्न

छ महिनामा एक लाख ७६ हजार सवारी अनुमतिपत्र वितरण गरिने

भक्तपुर । यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका